आफैं छान्नुस्, हावाको बिजुली बाल्ने की घामको ?

रविन्द्र घिमिरे
१७ पुस, काठमाडौं । दैनिक ११ घण्टाको लोडसेडिङ छ । चाहिएका बेलामा बिजुली नभएर हैरान हुनुहुन्छ हैन ? तपाईं यो समस्याबाट छुटकार चाहानुहुन्छ भने शुक्रबारदेखि राजधानीमा सुरु भएको नवीकरणीय उर्जाका प्रविधि र सामग्रीहरुको प्रदर्शनीले सहयोग गर्न सक्छ ।
प्रदर्शनीमा तपाईलाई लोडसेडिङबाट मुक्ति दिलाउन सक्ने धेरै प्रविधिहरु राखिएका छन् ।
सोलारप्रतिको आकर्षण
प्रदर्शनीमा सबैभन्दा बढी आकर्षण सोलारमा देखिएको छ । सबैभन्दा बढी सोलारकै स्टल रहेपनि प्रदर्शनीमा भीड पनि सोलरकै स्टमा देखियो । प्रदर्शनी सुरु भएकै दिन लागेको भीडले सोलार प्रविधिका विक्रेकताहरु निकै उत्साही देखिए ।

प्रदर्शनीमा १ हजारदेखि लाखौं मूल्य पर्ने सोलार सिस्टमहरु राखिएका छन् । सहरी क्षेत्रमा १ सय वाटसम्मको सोलर सिस्टम खरिद गर्नुभएमा तपाईंलाई कुनै अनुदानको व्यवस्था छैन । तर, त्यो भन्दा माथि सोलार खरिद गर्नुभयो भने तपाईंलाई सरकारी तवरबाटै अनुदानकै व्यवस्था पनि छ ।
तपाईंले आफ्नो घरमा १० देखि १२ वटा बिजुली बत्ति बाल्नुहुन्छ भने एकपटक २५ हजार रुपैयाँ खर्च गरेर ५० वाटको सोलार राख्नुस्, घरको अँध्यारो हट्छ ।
लाइन नहुँदा टीभी हेर्न र ल्यापटप चार्ज गर्ने हो सय वाटको सोलार बिजुली राख्नु उपयुक्त हुन्छ । र, यसमा कुनै सरकारी अनुदानको व्यवस्था भने छैन । एक सय वाटभन्दा माथिको सौय उर्जाका लागि शहरी क्षेत्रमा पनि सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको छ ।
५० देखि ७५ हजार रुपैयाँ पर्ने सौर्य उर्जाका लागि तपाईँलाई सरकारले ऋणको पनि व्यववस्था गर्न सक्छ । त्यो पनि २ दशमलव २५ प्रतिशतको सहुलियत ब्याज दरमा । ऋण लिन घरमा जडान हुने सोलार प्रणाली नै धितोका रुपमा रहने व्यवस्था छ ।
बैंकले लिने ९ प्रतिशत मध्ये ७ दशमलव ७५ प्रतिशत ब्याज सरकार आफैंले तिर्नेछ । सो ऋण ५ वर्षसम्म किस्ताबन्दीमा तिर्ने गरी सिभिल र एनएमबी बैंकसँग लिन सकिनेछ ।

यदि घरमा १५ वटासम्म बल्ब बाल्ने, लाइन नहुँदा एक घण्टासम्म टीभी हर्ने तथा राइस कुकरमा खाना बनाएर खाने तपाईंको सोच छ भने बैंकको किस्ताबन्दी स्वरुप पाँच वर्षसम्म मासिक २५ सय खर्च गर्ने तत्परता आवश्यक हुन्छ ।त्यस्तै १० वाटदेखि ५ सय वाटसम्मका सोलारको जडान खर्चबाट पाउन सकिने सुविधाहरु फरक-फरक छन् ।
पाँचसय वाट भन्दा माथिको सोलार राख्ने शहरी बासिन्दालाई सरकारले १५ हजार रुपैयाँ जडान खर्च पनि अनुदानमा उपलब्ध हुनेछ । सौर्य प्रणालीमा राखिने ब्याट्रीको गुणस्तरका आधारमा पनि केही खर्च थपघट हुने केन्ऽले जनाएको छ ।
यो सुविधा विद्युतीकरण भएका शहरी क्षेत्रका बासिन्दाका लागि मात्र हो । ग्रमीण क्षेत्रका लागि झ ठूलो रकम अनुदानको व्यवस्था छ । प्रदर्शनीमा यस्ता सुविधाहरु दिन थुप्रेै सोलार कम्पनीहरु उपस्थित छन् ।
बायु उर्जाबारे चासो
पछिल्लो समय बायु उर्जाबारे निकै बहस भइरहेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर भएपनि एकवर्षमा लोडसेडिङ अन्त्य गर्ने बताएपछि यस विषयमा निकै चर्चा चुलिएको छ ।
यही सन्दर्भमा नवीकरणीय उर्जा प्रदर्शनीमा हावाबाट बिजुली निकाल्ने प्रविधि पनि राखिएको छ । धेरैले त्यसलाई चासोका साथ हेरिरहेको छन् । वायु उर्जा काठमाडौंका असपासका क्षेत्रमा सम्भव छ ।
धेरै हावा चल्ने डाँडामा यो प्रविधि जडान गर्न सकिन्छ । नेपाल टेलिकमसहित मोबाइल सेवा प्रदायकहरुले विद्युतीकरण नभएका ठाउँमा बीटीएस टावर राख्दा बायु उर्जा प्रविधिको प्रयोग गरेका छन् । काठमाडौंको रामकोट लगायतका क्षेत्रमा पनि सर्वसाधरणले यसको प्रयोग गरेको बायु उर्जा प्रविधिका विक्रेताहरु बताउँछन् ।
५ सय वाटको बायु उर्जा प्रविधि जोड्न साढे २ लाखदेखि ३ लाख रुपैयाँ खर्च हुन्छ । त्यसबाट घरमा १५/२० वटा बत्ति बाल्न, ल्यापटप र मोबाइल चार्ज गर्न र टिभी र राइसकुकर चलाउन पर्याप्त हुन्छ । जति ठूलो क्षमताको वायु उर्जा जोडियो त्यसबाट उति बढी विद्युत खपत गर्न पाइन्छ ।
बायोग्यास र आधुनिक चुल्होको चर्चा
काठमाडौंमा सरकारले नै दाउरा बेच्न थालेको छ । ग्यास र मटितेल पाईंदैन । यस्तो अवस्थमा प्रदर्शनीमा आधुनिक र सुधारिएको चुल्हो किन्न पनि सर्वसाधरण ओइरिएका छन् ।
विभिन्न मूल्यका अनेका प्रकारका चुल्हो प्रदर्शनीमा छन् । दाउरे युगमा फर्किएको काठमाडौंमा चुल्हो किन्नेको घुइँचो अच्चम लाग्दो छ ।
तर, कम दाउरा खपत हुने, धुवाँ कम आउने, बि्रगेड बाल्न पनि मिल्ने, सस्तो र बलियो चुल्हो किन्न चाहानेका लागि प्रदर्शनी उपयोगी बनेको छ । प्रदर्शनीमा वायोग्यास, सुधारिएको घट्ट र लघुजलविद्युतका प्रर्वदनात्मक स्टलहरु पनि छन् । तर, यी शहरी क्षेका लागि खासै उपयोगी नहुने भएकाले खासै यसमा उपभोक्ताको आर्कषण देखिएको छैन ।
चार्जेबल बत्तीको सनसनी

लोडसेडिङ बढेपछि चार्जेबल बत्तिको खोजी नहुने कुरै भएन । नवीकरणीय उर्जाको प्रदर्शनी भएपनि केही स्टलमा चार्जेबल बत्तिहरु पनि बिक्रीमा राखिएका छन् । विभिन्न ब्राण्ड, मुल्य र प्रकृतिका ती बत्ति कन्नि पनि उपभोक्ता झुम्मिएका छन् ।
सबैलाई लोडसेडिङले दिने अध्यारो हटाउने चिन्ता देखिन्छ । नवीकरणीय उर्जामार्फत लोडसेडिङको तनाव कम गर्न पुगेका उपभोक्ताले इन्डक्सन चुल्हो, विद्युतीय खाना पकाउने भाडोसम्म किन्न पाएका छन् ।
नवीकरणीय उर्जा प्रदर्शनी जेनेरेटरको भरमा
भृकुटी मण्डपमा ३ दिन सम्म चल्ने नवीकरणीय उर्जाको प्रदर्शनीले कति उपभोक्तालाई राहत देला भन्ने एउटा पाटो हो । तर, नवीकरणीय उर्जाबारे जानकारी दिन र त्यसका प्रबिधिको प्रर्वन गर्न चलिरहेको प्रदर्शनी भने अनवीकरणीय उर्जाको भरमा छ ।
लोडसेडिङको समय भएपछि शुक्रबार दिउँसोभर प्रदर्शनी स्थललाई झिलिमिली बनाउन जेनेरेटर चलाइएको थियो । नवीकरणीय उर्जा प्रर्वद्धनका लागि लागि आयोजित मेला स्थलमा जेनेरटर प्रयोग गर्नुपर्ने आयोजककाके बाध्यता नै हो ।
तर, नवीकरणीय उर्जाको प्रदर्शनीमा चलेको चर्को स्वरको जेनेरेटरको आवाजले मेलास्थललाई गुञ्जिरहँदा सरकारको काम गर्ने शैलीलाई गिज्याइरेको महसुश हुन्थ्यो ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget