बैतडी, १७ पुस-दार्चुला जिल्लामा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ ।
मध्याह्न १२ बजेर ३९ मिनेटमा दार्चुला सदरमुकामबाट ४० किमी पश्चिम भारतमा केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तीर्थ दाहालले जानकारी दिए ।
भूकम्पले कुनै क्षति भने नभएको दार्चुला प्रहरीले जनाएको छ । यसअघि पुस ११ गते पनि पश्चिमकै बाजुरा केन्द्रबिन्दु बनाएर ४।१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
kathmandutoday
Post a Comment