‘चीनसँग खुट्टा कमाउन हुँदैन’


काठमाडौं , ११ माघ । पूर्वप्रधानमन्त्री कीर्तिनिधी बिष्टले मुलुक यतिबेला गहिरो पीडाबाट अघि बढिरहेकाले चीनसँग सम्बन्ध बलियो बनाउन नेपालले खुट्टा कमाउन नहुने बताएका छन् । विष्टले चीनले सुरुवाती दिनदेखि नै परिपक्व र मैत्रीपूर्ण रुपमा नेपाललाई सहयोग गर्दै आएको बताए ।

‘भूकम्पलगायत अरु धेरैखालका पीडाबाट दुःखी बनेका नेपाली जनतालाई चीनले हृदयदेखि सहयोग गर्छु भन्नुलाई चानचुने मान्नु हुँदैन । नेपालले दह्रो अडानका साथ चीनसँग सम्बन्ध बढाउन सक्नुपर्छ,’ करेन्ट पब्लिकेसन्सले प्रकाशित गरेको तपाईं र हामीहरुः चीन र नेपालका कथाहरु’ नामक पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री बिष्टले आइतबार भने ।

बिष्टले चीन विश्वको पहिलो आर्थिक शक्तिका रुपमा उदाउन लागेकाले गरिबी र पीडाबाट नेपाललाई मुक्त गराउन चीनको ठूलो हात हुने बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget