आजको पञ्चाङ्ग
कृष्णप्रसाद कोइराला उप-प्राध्यापक (पिण्डेश्वर क्याम्पस, धरान-१४) तथा ज्योतिर्विद् एवं वास्तुविद्
कृष्णप्रसाद कोइराला
उप-प्राध्यापक (पिण्डेश्वर क्याम्पस, धरान-१४)
तथा ज्योतिर्विद् एवं वास्तुविद्
वि.सं. २०७२ माघ ११ गते सोमबार तदनुसार ई. सं. २०१६ जनवरी २५ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :— ११३६, (पोहेलागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४७ बजे र सूर्यास्त : साँझ ०५:३० बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०३ बजे र सूर्यास्त : साँझ ०५:४१ बजे
माघ कृष्णपक्षको प्रतिपदा तिथि, बिहान ०७:११ बजेसम्म, त्यसपछि द्वितीया तिथि,
अश्लेषा नक्षत्र, बेलुका ०९:५६ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, बेलुका ०९:५६ बजेसम्म, त्यसपछि सिंह राशिमा,
आयुष्मान् योग, बेलुका ०८:२६ बजेसम्म, त्यसपछि सौभाग्य योग,
गर करण, बेलुका ०७:३५ बजेसम्म त्यसपछि वणिज करण,
आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
१३ गते : काशी, वाराणसीमा बडा गणेश जयन्ती, अग्निवास(होमादि), दीक्षाग्रहण,
१४ गते : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने,
आजको राशिफल
ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चौथो चन्द्रमा भए पनि शुभ ग्रहको दृष्टिले घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बन्दव्यापारमा सामान्यतया राम्रै छ । घरमा आफूभन्दा मुनिका नातेदारको समस्यामा रुमल्लिनु पर्ने हुनसक्छ । झैझगडा र विवादमा मध्यस्थता गर्नु पर्नेछ । बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ । मनमा विरक्ति र निराशाका भावना मँडारिने सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारबाट लाभ पाइने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक वा छरछिमेकीका काममा खट्नु पर्नेछ, तर जस र प्रतिष्ठाको सम्मान नहुन सक्छ, अन्त्यमा कताकता निराशाबोध हुनसक्छ । आत्म–विश्वासमा कमी आउने छ । विशिष्ट व्यक्तित्वसित विवादको सम्भावना छ । पारिवारिक जमघटमा नमज्जा हुनसक्छ । मन पर्ने वस्त्र, अलङ्कार आदि प्रयोग गर्न पाइने छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । पेसा, व्यवसाय वा नोकरीमा संलग्न व्यक्तिले भनेजस्तो सफलता नपाउन सक्छन्, तर निराश हुनुपर्दैन । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हो, नत्र भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । तपाईंका विचार र भावनालाई बेवास्ता गर्नेहरूको क्रियाकलापले मनमा विरक्तिको भाव बहन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा बाधाअडचन उत्पन्न हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या देखा पर्नेछ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा समेत बेफाइदा नै हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । आज स्वाद र बोलीवचनमा नियन्त्रण गर्नु राम्रो हुन्छ, नत्र पाचनप्रणालीमा गडबडी हुनसक्छ वा सम्मान दिनुपर्ने व्यक्तिसित मुखामुख हुनसक्छ । तपाईंको बौद्धिक चिन्तन वा विचारको आलोचना हुनसक्छ । खानपानमा सतर्कता अपनाउनु बेस हुनेछ । सहयोगीहरू टाढिन सक्छन् । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
purbelinews
Post a Comment