
काठमाडौं – सरकारी निकायको निर्देशनलाई बेवास्ता गर्दै उद्योगीले सोमबारबाट भरी सिलिन्डर (१४.२ किलो) ग्यास बजार पठाउने भएका छन् । भारतको नाकाबन्दीले खाना पकाउने ग्यास अभाव भएपछि कात्तिक दोस्रो साताबाट आधा सिलिन्डर ग्यास वितरण गर्दै आएका उद्योगीले आधा भर्दा लागत बढेको भन्दै सोमबारबाट भरी बेच्ने निर्णय गरेका हुन् ।
आपूर्ति सहज नभएको वेला आधा सिलिन्डर बजारमा पठाउनुपर्ने आपूर्ति मन्त्रालय र आयल निगमको रायलाई चुनौती दिँदै नेपाल एलपी ग्यास उद्योग संघले मातहतका उद्योगीलाई भरी सिलिन्डर ग्यास आपूर्ति गर्न परिपत्र गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
ratopati
Post a Comment