विराटनगर– प्रहरीको गोली लागेर रंगेलीमा मृत्यु भएका तीनजनाको शव यात्रामा हजारौंले सहभागिता जनाएका छन्। शव यात्रामा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव र राजेन्द्र महतो समेत सहभागी छन्।
विराटनगरस्थित कोसी अञ्चल अस्पतालबाट निस्केको शव यात्रा अहिले विराटनगरको परिक्रमा गर्दैछ। शव यात्रामा विराटनगर र गाउँ–गाउँबाट आएका सर्वसधारणले सहभागिता जनाएका छन्। शव यात्रा शान्तिपूर्ण निकालिने मोर्चाका नेताहरुले बताइरहेका छन्। शव यात्रालाई दृष्टिगत गर्दै विराटनगरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बजार, स्कूल र कलेज बन्द छ ।
टं्याकर र बसमा हजारौंको संख्यामा मोर्चा समर्थकहरु शव यत्रामा सहभागी भएका छन्। विराटनगरको परिक्रमा पछि शव यात्रा रंगेली लगिने छ। बिहीबार मोरङको पुरानो सदरमुकाम रंगेलीमा एमाले समर्थित युवा संघले गरेको कार्यक्रम बिथोल्ने क्रममा प्रहरीले गोली चलाउँदा द्रोपतीदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेवको मृत्यु भएको थियो।
यसैबीच शव यात्रामा सहभागी हुन विराटनगर आइपुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले रंगेलीमा राज्य आंतक भएको आरोप लगाएका छन्। उनले राज्य आंतक गरेर रंगेलीमा नरसंहार गरेको बताउँदै रंगेली घटनाको न्यायिक छानविन हुनुपर्ने माग गरे । 'आन्दोलन जारी रहन्छ,' पत्रकारहरुसित कुरा गर्दै नेता यादवले भने, 'रंगेली घटनाको न्यायिक छानविन हुनुपर्छ।nagariknews
Post a Comment