बजारमा आउन थाले भरी सिलिण्डर, व्यवसायीद्धारा सरकारी निर्णय उल्लंघन

सरकारले अझै केही समय आधा भरिएका ग्याँस सिलिण्डर नै बजारमा ल्याउन भनिरहेका बेला केही व्यवसायीले भने भरी सिलिण्डर बजारमा पठाउन थालेका छन् ।
ग्याँसको आपूर्ती केही सहज भएको र आधा सिलिण्डर बजारमा ल्याउँदा ढुवानी लागत डबल भएको भन्दै व्यवसायीले भरी सिलिण्डर बिक्री गर्न थालेका हुन् । तर सरकारले भने अझैपनि भरी सिलिण्डर बिक्री गर्ने अनुमति दिईसकेको छैन ।
भारतीय अघोषित नाकाबन्दीपछि ग्याँस आयात ठप्प भएपछि सरकारले नै निर्णय गरेर आधा अर्थात्, ७.१ केजी ग्याँस तौल भरिएका सिलिण्डर बजारमा ल्याउने निर्णय गरेको थियो । सोही अनुसार अहिलेपनि आधा भरिएका सिलिण्डर नै वितरण हुँदै आएको छ । तर केही व्यवसायीले भने भरि सिलिण्डर बजारमा पठाउन थालेका हुन् ।
नेपाल ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले केही व्यवसायीले आजदेखि भरी सिलिण्डर बजारमा पठाउन थालेको बताए । तर सरकारको निर्णय विना उद्योगी व्यवसायीले आफूखुशि गर्न भने पाईंदैन । घिमिरेले आयात बढेर ४० प्रतिशत पुगेकाले भरी सिलिण्डरमा बेच्दा अब कुनै समस्या नहुने बताए ।
तर नेपाल आयल निगमका पदाधिकारी भने सरकारी निर्णय नमान्ने उद्योगलाई कारवाही गर्नुपर्ने बताउँछन् ।
सरकारले निर्णय नगर्दासम्म व्यवसायीले आफूखुशि गर्न नपाउने उनीहरुको तर्क छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget