क्याट्रिना कैफ फिल्म ‘फितुर’ को प्रचारका लागि पूर्व प्रेमी सलमान खानले चलाउँदै आएको ‘बिग बोस ९’को ‘ग्राण्ड फिनाले’ मा पुगिन् । भर्खरै रणवीर कपुरसँग ब्रेकअपका कारण चर्चामा रहेकी क्याट्रिनालाई बिग बोसले थप चर्चामा ल्यायो ।
‘म तिमीबाट अझै प्रभावित छु ।’ सलमानले भने, ‘क्याट्रिनाले वर्षौंदेखि यति धेरै मेहनत गरेकी छिन् कि सारा भारत उनलाई देखेर पागल छ ।’ सलमानले क्याट्रिनातर्फ हेर्दै भने,‘पुरै देश तिम्रो प्रशंसा गर्छ । त्यसैले म तिमीबाट प्रभावित नहुने कुरै भएन ।’ सलमानले क्याट्रिनालाई नडराउन सुझाव दिए भने मजबुत महिलोको संज्ञा पनि दिए ।
शोमा उनले फितुरको गीत ‘पश्मिना’ मा प्रस्तुति दिएकी थिइन् । प्रस्तुति सकिएपछि समलमानले क्याट्रिनाको हात समाउँदै भने,‘मलाई एक–एक चिज याद छ । तिम्रो स्कार्फ....’ सलमान यत्तिमै रोक्किए । तर, उनको आँखाले क्याट्रिनाका आँखामा एक टकले हेरिरहे ।’setopati
Post a Comment