क्लबबाट खेले पुरस्कारै नदिने भन्दै एन्फाले राष्ट्रिय खेलाडीलाई धम्की दियो : मनाङका प्रशिक्षक

पोखरा – मनाङ मस्र्याङदी फुटबल क्लबका प्रशिक्षक छिरिङ लोप्साङले आफ्नो क्लबलाई एन्फाबाट धम्की आएको दाबी गरेका छन् । आहा गोल्डकपमा क्लबमा राष्ट्रिय टोलीका सदस्यलाई समावेस गर्न चाहँदा एन्फाले उक्त धम्की दिएको प्रशिक्षक लोप्साङले बताए ।
आसन्न दक्षिण एशियाली खेलकुद प्रतियोगिताको तयारीका लागि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुलाई मनाङले आहा–रारा गोल्डकप खेलाउन चाहेको थियो । तर अखिल नेपाल फुटबल संघ राष्ट्रिय टोलीका खेलाडीलाई प्रतियोगिता खेल्न दिन सहमत नभएपछि प्रशिक्षक छिरिङ लोप्साङ रुष्ट देखिएका हुन् ।
यसअघि शनिबार मात्रै बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधी जितेर नेपाली टोलीका खेलाडी स्वदेश फर्किएका थिए । बंगबन्धु गोल्डकप जित्ने टोलीमा मनाङका ७ प्रमुख खेलाडी छन् । विजेता टोलीका बिराज महर्जन, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, विमल घर्ती मगर, अनन्त तामाङ र अन्जन विष्ट मनाङबाट घरेलु फुटबल खेल्छन् ।
एन्फाले दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि यि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्न चाहेको छ । तर मनाङले खेलाडीलाई आहा–रारा गोल्डकप खेलाउन खोज्दा क्लब र एन्फाबीच विवाद निम्तिएको हो । विवादपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले एन्फाबाट धम्की आएको दाबी गर्दै भनेका छन्–‘एन्फाले पोखरामा खेल्नेले ७ लाख पुरस्कार समेत पाउँदैनन् भनेर राष्ट्रिय खेलाडीलाई धम्क्याएको छ ।’
प्रशिक्षक लोप्साङले मनाङ मस्र्याङदीले कुनै पनि राष्ट्रिय प्रतियोगिता नखेल्ने चेतावनी समेत दिए । उनले भने–‘हामीले पनि एन्फाले आयोजना गरेको मोफसल होस् या राष्ट्रिय कुनैपनि प्रतियोगितामा भाग नलिने विषयमा क्लबमा छलफल गर्दैछौ । त्यो अवश्य हुन्छ । हामी एन्फाका सबै खेल बहिष्कार गर्न तयार छौँ र गछौँ पनि ।’
राष्ट्रिय टोलीका खेलाडी बिनै मैदानमा उत्रेको मनाङ आज ब्रिगेड ब्वाइज विरुद्धको खेलमा भने विजयी भइसकेको छ ।
.ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget