दुर्घटनामा मोडल राजु वलीको ज्यान गयो

दाङ् १० माघ । तुलसीपुर – ६ निवासी २२ बर्सिय मोडल राजु वलीको रुपन्देही जिल्लाको साल्झंदी नजिक सवारी दुर्घटनामा परि निधन भएको छ । इलाका प्रहरी साल्झंदिकाअनुसार उनले चलाएको मोटर साइकललाई बसले ठक्कर दिदा उनि सक्त घाइते भएको र उनको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सनिबार बिहान ४ बजे निधन भएको हो ।
दुर्घटनामा परि मोटर साइकलमा सवार तुलसीपुर निवासी नन्दलाल न्यौपाने सक्त घाइते भएका छन् इलाका प्रहरीका अनुसारउनको दाइने हात र खुट फ्याक्चर भएको र थप उपचारको लागि भरतपुर रिफर गरिएको छ, मोडल राजु ओली शिव परियारको रुपौली रानी र सायद तिम्रो मायामा मोडलिंग गरि सकेर राम्रो चर्चा बटुल्न सफल थिए ।
purbelinews
Post a Comment