नेपाल-चीन सम्बन्ध कसरी पुग्यो थप उचाइमा ?

फाइल तस्वीर
काठमाडौँ, १० माघ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध थप उचाइमा पुगेको बताउनुभएको छ ।
असल छिमेकी चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षको अभ्यास र पुर्खाले स्थापित गरेको कूटनीतिक पारस्परिक सम्बन्धले दुई देशबीचको सम्बन्ध मजबुद र दीर्घायु हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।
नेपाल–चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाठका अवसरमा प्रकाशन गरिएको ‘यु एनड अस’ ‘स्टोरिज अफ चाइना एण्ड नेपाल’ नामक पुस्तकको आज यहाँ सार्वजनिक गर्दै उपप्रधानमन्त्री थापाले पुस्तकले सम्बोधन गरेका असल छिमेकीको सत्यतथ्य विवरणले आपसी सम्बन्धलाई नयाँ उचाइ दिने बताउनुभयो ।
दुई देशबीचमा सधैँ विश्वास र मैत्रिपूर्ण सम्बन्ध रही आएको चर्चा गर्दै उहाँले आर्थिक रुपमा विश्वकै समृद्ध मुलुक चीनसँगको सम्बन्ध र सहयोगलाई उपयोग गरी मुलुकको आर्थिक सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेन । नेपालले पनि ‘एक चीन’ नीतिको पक्षमा सदैव दृढ रह्यो । यसले पनि दुई देशको सम्बन्ध कस्तो छ, भन्ने उजागर गरेको छ, राजा महेन्द्र र वीरेन्द्र तथा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र कीर्तिनीधि विष्टजस्ता व्यक्तिले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई स्थापित गर्न महत्वपूर्ण योगदान गर्नुभएको छ, चीनका पुर्खाको पनि उत्तिीै योगदान छ,”–उपप्रधानमन्त्री थापाले भन्नुभयो ।
उहाँले पछिल्लो पटक आफ्नो चीन भ्रमणका बेला द्विपक्षीय सहयोग र आपसी सम्बन्धबारे अर्थपूर्ण छलफल भएको तथा चीनसँग पारवाहन सन्धिको मस्यौदा प्रक्रियासमेत अघि बढिसकेको सन्दर्भमा दीर्घकालीन आर्थिक विकास तथा दूरगामी सम्बन्ध स्थापित गर्न उपयोगी हुने दोहो¥याउनुभयो ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठमा आपसी सम्बन्धका तथ्यगत आधार प्रस्तुत गरिएको पुस्तक आगामी दिनमा द्विपक्षीय सम्बन्ध विस्तारका लागि उपयोगी हुने बताउनुभयो ।
“चीनसँगको पछिल्ला भ्रमण र द्विपक्षीय छलफलले दुई देशबीचको आपसी सम्बन्धलाई थप उपचाइमा पु¥याउन मद्दत पुगेको छ । दुई देशबीच राजनीतिक सम्बन्ध सुरु नहुँदै पुरानो जनस्तरको सांस्कृतिक सम्बन्ध छ, नेपाल अहिले पनि एक चीन नीतिको पक्षमा छ, चीनले नेपाललाई हरेक बखत विभिन्न सहयोग गर्दै आएको छ, यसप्रति आभार प्रकट गर्दछौँ,”–उहाँले भन्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री राईले अहिले नेपालमा संविधान जारी भई आर्थिक समृद्धिको प्रस्थानबिन्दुमा रहेका बेला असल मित्र चीनको सहयोग वृद्धि गरी नयाँ ढङ्गबाट पारवाहन र व्यापारिक सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री विष्टले नेपाल र चीनबीचको लामो कूटनीतिक सम्बन्धलाई थप प्रगाढ र मजबुद बनाउन सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका लागि पूर्वचिनियाँ राजदूत सुन सु योङले नेपाल चीनको असल छिमेकी मित्र भएको र यहाँको प्राकृतिक सौन्दर्यता, मनोरक हिमाल, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा पवित्र धार्मिकस्थलले सम्भावना र युगौँयुगसम्मको सम्बन्धलाई स्थापित गर्ने बताउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले जस्तोसुकै भौगोलिक कठिनाइ भए पनि असल छिमेकीका नाताले चीन सदैव नेपालको समृद्धि र प्रगतिको पक्षमा सहयोग अभिवृद्धि गर्ने उल्लेख गर्नुभयो ।
शान्तिपूर्ण सहअस्तित्वको पाँच वटा सिद्धान्तको आधारमा हाम्रो छिमेकी विदेश नीति चलिआएको बताउँदै उहाँले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउने उल्लेख गर्नुभयो ।
पब्लिकेसनका तर्फबाट वरिष्ठ पत्रकार देवेन्द्र गौतमले चीनसँगको ६० वर्षे कूटनीतिक सम्बन्ध स्थापित भएको सन्दर्भमा प्रकाशित पुस्तकले दुई देशबीचको सम्बन्धका ऐतिहासिक र प्रेरक प्रसङ्ग समेटेको बताउनुभयो ।
किरण गौतमले सङ्कलन र सम्पादन गर्नुभएको सो पुस्तकमा सम्बन्ध, सहकार्य र संस्कृति विषयमा चिनियाँ प्रख्यात आठ लेखकसहित नेपाली कूटनीतिज्ञ तथा विशिष्टि व्यक्ति र लेखकका लेख रचना समेटिएको छ । पुस्तकमा नेपाली राजनीतिज्ञसँग जोडिएका प्रेरक प्रसङ्गकाबारे पनि उल्लेख गरिएको छ ।
करेन्ट पब्लिकेशन्स प्रालिले प्रकाशनमा ल्याएको ३६० पृष्ठको उक्त पुस्तकको मूल्य रु एक हजार २०० रहेको छ । रासस
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget