लोडसेडिङको तालिका यथार्थ बनाऊः अख्तियार

माघ १३, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत आपूर्ति तालिका यथार्थ बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । लोडसेडिङ तालिकाभन्दा छिटो विद्युत आपूर्ति बन्द हुने तर ढिलोगरी आउने गरेको उजुरी बढेपछि आयोगले प्राधिकरणका पदाधिकारीहरुलाई बोलाएर निर्देशन दिएको हो ।

'तालिकाभन्दा २० मिनेट छिटो आपूर्ति बन्द हुने तर २० मिनेट ढिलो आउने भएपछि संवेदनशिल क्षेत्रका उपभोक्तालाई समेत मर्का पर्ने देखियो' अख्तियारस्रोतले भन्यो, 'अस्पतालको अपरेशन थिएटर, दमकल लगायतका आकस्मिक सेवामा समेत तालिकाको भर परेर काम गर्दा ठूलो संकटको सम्भावना देखेकाले तालिका अद्यावधिक गर्न निर्देशन दिएको हो ।' हाल सातामा एक दिनबाहेक अरु ६ दिन दुईपटक लोडसेडिङ हुन्छ । जाँदा र आउदा आधा/आधा घण्टाका दरले हुने ढिलाईले दैनिक २ घण्टा अघोषित रुपमा लोडसेडिङ बढेको देखिन्छ ।

छलफलमा उर्जा सचिव, विद्युत प्राधिकरणका महानिर्देशक सहित विभिन्न विभागका प्रमुखहरुले 'रणनीतिक रुपमा नै लोडसेडिङ बढेको' स्विकारेका थिए । माग र आपूर्तिको व्यवस्थापन मिलाउन नसक्दा लोडसेडिङ बढ्ने भएकाले अघोषित रुपमा लोडसेडिङ बढाएर व्यवस्थापन गर्नुपरेको विद्युतका पदाधिकारीहरुले बताएको अख्तियारले जनाएको छ ।

ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget