भारतीय गाडीमा मोर्चाका कार्यकर्ताद्धारा पेट्रोल बम प्रहार, चालक कुटिए

सिरहा, माघ ११ । पूूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको गोलबजार नगरपालिका–९ मा सोमबार बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईओटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् ।

पूूर्वबाट पश्चिमतर्फ गइरहेका पीबी२९के ९७२२ नम्बरको भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका हुन् ।

बम प्रहारबाट कन्टेनरको सिटलगायत केही सामान जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

साथै, तोडफोडबाट गाडीको सिसा फुटेको छ । गाडीका चालक भारतीय नागरिक कलबिन्द सिंहलाई मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर कुटपिटसमेत गरेका छन् ।

यस्तै, सोही ठाउँमा पीबी२९आर ९२७२ नम्बरको भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् । रासस
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget