सुनको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं, ७ माघ । अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा एकपटक फेरि सुनको भाउ ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको भाउ ह्वात्तै बढेर ५० हजार नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।
बिहीबार सुनको मूल्यमा एकैपटक तोलामा ३ सय ५० रुपैयाँ बढेको छ । सुनको मूल्य बुधबारदेखि ५० हजार रूपैयाँ नाघेको थियो ।
आज छापावाल सुन प्रतितोला ५० हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनााएको छ । बुधबार सुन प्रतितोला ५० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो सुनको मूल्य तोलमा २ सय रुपैयाँले बढेको थियो ।
तेजावी सुन तोलाको ५० हजार २ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget