एसएसपी सर्वेन्द्रको अर्काे सफलताः राजधानीमा समातिए ‘कुख्यात’ गुण्डा कानु

काठमाडौं, १० माघ । राजधानीमा गुण्डागर्दी र अवैध असुली गर्ने एक गुण्डालाई प्रहरीले पक्राउ गरेको छ ।
कमाण्ड सम्हालेदेखि नै एकपछि अर्काे मिसन सफल पार्दै आएका महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले दिएको जानकारी अनुसार ४० वर्षीय गुण्डा कानु भन्ने भोला खड्कालाई आइतबार पक्राउ गरिएको हो ।
गुण्डा कानुले ललितपुर जिल्लामा ठेक्का पट्टाको नाममा गुन्डागर्दी र धाक धम्की दिई विभिन्न व्यक्ति र व्यवसायीसंग जबरजस्ती रूपमा रकम असुली गर्दै आएका थिए ।
ललितपुरको धापाखेल-२३ निवासी कानुले गुण्डागर्दी गरी आतंक मच्चाएको सूचना पाएपछि एसएसपी खनालले महाशाखाको टोली खटाएर उनलाई धापाखेलबाट पक्राउ गरेको हो ।
उनी यसअघि २०६४ सालमा मानव वेचविखन तथा ओसार पसार मुद्दामा पक्राउ परेका थिए । उनले कारवाही समेत भोगेका थिए । पक्राउ परेका कानुलाई महाशाखाले आइतबार थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget