नेपाल राष्ट्र बैंकले चासो नदिदा लुम्बिनी स्थित मायादेबी मन्दिरमा रहेका दानपात्रहरुमा चढाईएका बिदेशी मुद्राहरु सटही हुन सकेको छैन् । सटही नहुँदा बर्षौ देखि मुद्राहरु बोरामा पोको पारेर राखिएको छ । लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुले दानपेटीकामा चढाएको रकम अहिलेसम्म सटही हुन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले चासो नदिदा लुम्बिनी स्थित मायादेबी मन्दिरमा रहेका दानपात्रहरुमा चढाईएका बिदेशी मुद्राहरु सटही हुन नसक्दा बर्षौ देखी बोरामा पोको पारेर राखिएको छ । सटही गर्ने ब्यबस्था नभए पछि हरेक पटक दानपेटीकामा भएका रकमहरु गणना गरेपछि सटही हुने र नहुनेलाई छुट्याउने तथा सटही हुने रकम तत्काल लुम्बिनी बिकाश कोषको कारोबार हुने गरेको छ । सटही हुने मुद्रा एनसीसी बैंकमा तत्काल जम्माका लागि पठाउने र सटही नहुने रकमको बिबरण र अभिलेख बनाई राख्ने गरेको लुम्बिनी बिकाश कोषका कोषाध्यक्ष ओम प्रसाद अर्यालले बताउनु भयो । राष्ट्र बैंकले खरीद बिक्री गर्ने मुलुक बाहेकका मुद्राहरु दानपेटीकामा अत्यधिक भेटीका रुपमा चढने गर्दछन् । मुद्रा सटहीका बारेमा सिद्धार्थनगर शाखा मार्फत राष्ट्र बैंकसंग कुरा अघि पनि बढेको तर कुनै प्रगति नभएको कोषाध्यक्ष कोषाध्यक्ष अर्यालले बताउनुभयो । सटही नहुने मुद्राहरु श्रीलंकन, बर्मा, भियतनाम, कम्बोडिया, भुटान, फिलीपिन्स, इन्डोनेशियाका साथै इजिप्ट,मेक्सीको,पाकिस्तान,ओमान,युगान्डा लगायत दर्जनौ मुलुकका लुम्बिनी बिकाश कोषमा त्यसै थन्किएर बसेका छन् । सटही नहुने मुद्रामा कागजी नोट संगै सिक्का पनि धेरै रहेको कोषका प्रमुख लेखा अधिकृत राम बहादुर केसीले जानकारी दिनुभयो । केसीका अनुसार सटही नहुने मुद्राको अभिलेख मात्रै १७ पेजको भैसकेको छ,र सटही नहुदा गणना भएका बिदेशी मुद्राहरु त्यसै थन्कीएका छन् ।अभिलेख नै १७ पेज पुगीसकेको हुदा सटही नहुने मुद्राहरु करोडौको रहेको अनुमान छ । लुम्बिनीमा बार्षिक १ सय भन्दा बढी देशका सवा लाख बढी बिदेशी पर्यटक आउछन् । त्यसमध्ये आन्तरीक पर्यटक र भारतिय पर्यटकहरुको संख्या मात्रै ८ लाख भन्दा बढी हुन आउछ ।
news24nepal
Post a Comment