काठमाडौं, माघ ११ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक तवरमा भइरहेको प्रयासले अब केही दिनभित्रै नाकाबन्दी खुल्ने संकेत मिलेको बताएका छन् ।
व्यवस्थापिका–संसद्को नियमावलीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीले बोलाएको शीर्ष नेता, प्रमुख सचेतक र सचेतकको परामर्श बैठकबाट बाहिरिनेक्रममा सन्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले भने–‘हाम्रो छिमेकीसँग पनि जे कुराकानी कूटनीतिक क्षेत्रमा भइरहेको छ । त्यसले पनि के प्रष्ट संकेत गरिरहेको छ भने नाका खुल्छ भन्ने नै छ । हेरौं, एक/दुई दिनमा थाहा हुन्छ ।’
‘संविधान संशोधन धेरै मेहनत गरेर परिमार्जनसहित भएको छ, यसले नाका खोल्छ भन्ने आफूहरुको विश्वास हो’ भन्दै उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पनि संविधान संशोधनमा सहमतिपछि आफूहरुलाई धन्यवाद नै दिएको कुरा स्मरण गराए ।
अध्यक्ष दाहालले भने–‘भित्रबाट उहाँहरु खुसी नै हुनुभएको छ भन्ने बुझ्छु । त्यसकारण एक/दुई दिनभित्र उहाँहरुले नाका खोल्नु हुनेछ ।’ रासस
imagekhabar
Post a Comment