शुभकामनासँगै ओलीले मोदीलाई दिए संविधान संशोधनको सन्देश

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ६७ औं गणतन्त्र दिवसको अबसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई शु्भकामना सन्देश पठाएका छन् ।
भोलि मंगलबार भारतले ६७ औं गणतन्त्र दिवस मनाउँदैछ । त्यही अबसरमा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश पठाएर भारतीय प्रधानमन्त्री मोदीलाई बधाइ दिएका छन् ।
शुभकमनासँगै प्रधानमन्त्री ओलीले नेपालको संविधान संशोधन भएको सन्देश पनि दिएका छन् । सन्देशमा ओलीले भनेका छन्-संविधानसभाबाट हालै नयाँ लोकतान्त्रिक र समावेशी संविधान जारी भएर लोकतान्त्रिक तवरले निर्वाचित संविधानसभामार्फत संविधान लेख्ने नेपाली जनताको धेरै समय अघिदेखिको चाहनाले मूर्त रुप लिएको सन्देश तपाईंसामु भन्न पाउँदा म हर्षित छु ।’
सन्देशमा अघि भनिएको छ-केही दिनअघि मात्रै जनताको जायज मागलाई संविधान संशोधनमार्फत सम्बोधन गरिएको छ ।’
नेपालले असोज ३ गते जारी गरेको नयाँ संविधानलाईर् भारत बेखुस देखिएको थियो । उसले संविधानको स्वागत गरेन र मधेस आन्दोलनलाई देखाएर नाकाबन्दी समेत गरेको छ, जुन कायमै छ ।
त्यसपछि भारतले संविधान संशोधन गरेर मधेसीको माग सम्बोधन गर्न दबाव दिँदै आएको थियो ।
अहिले संविधान संशोधन त भएको छ । तर, मधेसी मोर्चाको सहमति देखिएको छैन । यससँगै भारतको नाकाबन्दी हट्छ कि कायमै रहन्छ भन्ने ठूलो अन्यौल देखिएको छ ।
यद्यपि संविधान संशोधन पास गर्दै गर्दा प्रधानमन्त्री ओलीले भने नाका खुल्ने दाबी गरेका थिए । संविधान संशोधन भएको दुई दिनपछि ओलीले गणतन्त्र दिवसको अबसरमा शुभकामना सन्देशमार्फत नै मोदीलाई नेपालको संविधान संशोधन भएको सन्देश पठाएका छन् ।
अब प्रधानमन्त्री ओलीको यो सन्देशपछि नाकाबन्दी हट्छ हट्दैन, त्यो भने हेर्न बाँकी छ ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget