काठमाडौं, माघ १२ । प्रहरीले नक्कली सवारीचालकपत्र बनाउने गिरोहलाई पक्राउ गरेको छ ।
काठमाडौंको बागबजारस्थित बुद्ध स्क्रिन प्रिन्टका सन्चालक लालबहादुर तामाड, नमस्ते डिजाइन होमका सन्चालक साजन न्यौपाने, विशालनगरका जितेन्द्र खड्का र ठमेलका सूर्य कोइराललाई प्रहरीले पक्राउ गरेको हो ।
सूर्य कोइरालाको पाकेट मारेका पकेटमारहरुबीच पैसा र मोबाइल बाँडफाँटमा कुरा नमिलेपछि प्रहरीले उनीहरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्दा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ परेको हो ।
पकेटमारले चोरेको कोइरालाको ‘वालेट’बाट एकैजनाको नाममा दुईओटा लाइसेन्स फेला परेपछि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सो गिरोहबाट नक्कली लाइसेन्स ३ सय ५० थान, छाप, होलोग्राम, स्क्रिन बोर्ड, कम्युटर र प्रिन्टर बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
उनीहरुले ५ हजारमा नक्कली लाइसेन्स बनाइ बिक्री गर्नेगरेको खुलेको पनि प्रहरीले बताएको छ ।
imagekhabar
Post a Comment