प्रहरीकाे मस्ट वाण्टेड मदन तरहराबाट पक्राउ

 प्रहरीकाे मस्ट वाण्टेड मदन तरहराबाट पक्राउ
इटहरी १२ माघ । विभिन्न अपराधिक घटनाहरुमा संलग्न रहेको अभियोग लागी फरार रहेका अभियुक्तहरुको खोजतलास गरी पक्राउ गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय इटहरीले ज्यान मार्ने उद्याेग लगायत बिभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका सुनसरी तरहराका मदन राइलार्इ पक्राउ गरी सार्वजनीक गरेकाे छ ।
अपराधिक कृयाकलापहरूमा संलग्न रही ज्यान मार्ने अभियाेग लागेर लामाे समयदेखी फरार रहेका मदनलार्इ इलाका प्रहरी कार्यालय इटहरीकाे बिशेषा टाेलीले सुनसरीकाे इटहरी उपमहानगरपालीका २४ तरहरा बाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेकाे हाे ।
गत २०७२।१।३१गते  तरहराका २२ वर्षीय संजिव श्रेष्ठलाई ज्यान मार्ने मनसायले धारिलो हतियार  प्रहार गरी  गम्भिर घाईते बनाई फरार रहेका  मदनलार्इ  उनकै घरमा लुकी छिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।
पक्राउ मदन बिरूझ थप अनुशन्धान भइरहेकाे र उनलार्इ इलाका प्रहरी कार्यालय इटहरीकाे हिरासतमा राखीएकाे इटहरी प्रहरी प्रमुख डिएसपी अाेम अधिकारीले बताए ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget