'गुन्डानाइके' बाघे लामा पक्राउ

काठमाडौं प्रहरी परिसरले 'गुन्डा नाइके' बाघे लामालाई पक्राउ गरेको छ। स्वयम्भुबाट शुकबहादुर तामाङ भनिने बाघेलाई पक्राउ गरिएको एसपी विश्वराज पोखरेलले जानकारी दिए।

बाघे लामा पछिल्लो समयमा गुण्डागर्दी र हप्ता असुलीमा सक्रिय भएको जनसुनासो आएपछि पक्राउ परेका हुन्। स्वयम्भू र बालाजु क्षेत्रमा घर जग्गाको कारोबार गर्नेदेखि विभिन्न व्यापार गर्नेहरुलाई धम्क्याएर असुली गर्ने क्रम बाघेले तीव्र पारेपछि पीडितहरु प्रहरीसमक्ष न्याय खोज्न आएका थिए।

बाघेले एक वर्षअघि स्वयम्भूमा तिब्बती नागरिकलाई दिउँसै निर्घात कुटपिट गरी ११ लाख रुपैयाँ लुटेका थिए। त्यसपछि भारत गएका उनी पछिल्लो केही महिनाअघि काठमाडौं आएका थिए। स्वयम्भु क्षेत्रलाई आधार बनाएर उनले गुन्डागर्दी गर्न थालेपछि प्रहरीले निगरानी गर्दै आएको थियो।setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget