प्रहरीको गोली लागेर तीनको मृत्यु, ६ जनालाई गोली लाग्यो, ५० राउन्ड बढी गोली चल्यो,दर्जनौ सेल अश्रुग्यास प्रहार



बिराटनगर, ७ माघ । युवा संघ नेपालले आयोजना गरेको मधेस जागरण अभियान कार्यक्रम विथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका क्रममा मोरङको रंगेली तीन जनाको मृत्यु भएको छ ।




मोर्चाका कार्यकर्तासँग भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक वृद्धासहित तीनजनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट रंगेली नगरपालिका निवासी ६२ वर्षीया महिला द्रौपदी चौधरी, बरडंगा गाविस,२ का ४२ वर्षीय महादेव ऋषिदेव र अर्का एकको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा डाइनियाका शिबु माझीको मृत्यु भएको छ ।

प्रहरीसँगको झडपका क्रममा गोली लागेका ६ जना मधेसी मोर्चाका कार्यकर्ताहरुको विराटनगरस्थित अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ । रंगेली बजारस्थित इलाका प्रहरी कार्यालय नजिकै युवा संघको कार्यक्रमस्थलमा युवाहरु र प्रहरीले कडा सुरक्षा दिइरहेपनि बजारको अन्य क्षेत्र तनावग्रस्त भएको छ ।

मोर्चाका कार्यकर्ताहरु लाठी र घरेलु हतियारसहित उत्रेपछि तनाव बढेको हो । मोर्चाका कार्यकर्ताहरुले प्रहरीको घेरा तोडेर युवा संघको कार्यक्रमस्थलमा आक्रमण गर्न खोजेपछि प्रहरीले करिब ५० राउन्ड बढी गोली चलाएको छ भने दर्जनौ सेल अश्रुग्यास पनि हानेको छ । झडपका क्रममा एक प्रहरी घाइते भएका छन् ।

तस्विर :अनलाईन खबरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget