प्रहरीको गोली लागेर यसरी ढलिन् द्राैपदी

प्रहरीको गोली लागेर यसरी ढलिन् द्राैपदी (भिडियो)
रंगेली (मोरङ)- विराटनगरभन्दा करिब २० किलाेमिटर पूर्वको पुरानो सहर रंगेलीमा बिहीबार प्रहरीले चलाएको गोली लागेर तीनजनाको मृत्यु भएको छ। महादेव ऋषिदेव, शिबु माझी र द्राैपदीदेवी चाैधरीको मृत्यु भएको हो। नेकपा एमालेको भातृ स‌ंगठन युवा संघ नेपालले आयोजना गरेको आमसभामा मधेसी मोर्चाले अवरोध गर्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा तीन जनाले ज्यान गुमाएका हुन्।

युवा संघको सो कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा अोली सहभागी हुने तय भएको थियो। मोर्चाले अवराेध गर्ने स्थिति देखिएपछि प्रधानमन्त्रीको भ्रमण स्थगित गरेका थिए। तर युवासंघको पूर्व घोषित कार्यक्रम भने रोकिएन। मोर्चा कार्यकर्ता अामसभा बिथोल्ने योजना साथ भाला, खुकुरी र लाठीसहित अघि बढेपछि प्रहरीसँग झडप भएको थियो।nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget