धादिङ, माघ १३ । न्यानो कपडाका लागि राज्यले उपलब्ध गराउने भनेको १० हजार रुपैयाँ नपाएको भन्दै धादिङ, कुम्परका भूकम्पपीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
अन्य सबै गाविसका भूकम्पपीडितले रकम पाइसकेको र आफूहरुले नपाएको भन्दै उनीहरुले बुधबार जिप्रका घेराउ गरेका हुन् ।
पाँच सयभन्दा बढीको सहभागिता रहेको धर्नाका सहभागीहरुले तत्काल राहत उपलब्ध गराउन माग गर्दै नाराबाजी गरेका थिए ।
imagekhabar
Post a Comment