५० हजार राशीको पत्रकारिता पुरस्कार ऋषि धमलालाई, पुरस्कार थाप्न न्युजिल्यान्ड जाने

काठमाडौं– एनजेड नेपाल डटकमले पत्रकार ऋषि धमलालाई एनजेड नेपाल पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ ।
रेडियो, टेलिभिजनमार्फत देशका जल्दा बल्दा मुद्दा जनतासम्म पु¥याउन विशेष योगदान दिएबापत धमलालाई सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

एनजेड नेपालका सम्पादक केदार चापागाईंका अनुसार रिपोर्टर्स क्लब नेपालमार्फत जनतालाई सुसूचित गर्न र विभिन्न समयमा राष्ट्रिय सहमति कायम गराउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै पत्रकार धमलालाई सम्मान स्वरुप यो पुरस्कार दिन लागिएको हो ।

सो सम्मानपत्र ग्रहण गर्न धमला आउँदो महिना न्युजिल्यान्डको क्राइस्ट चर्च जाने कार्यक्रम छ ।

एनजेड नेपालका सञ्चालक बुद्धिसागर घिमिरेले दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दा सत्ता र प्रतिपक्षका भनाइलाई सन्तुलित रुपमा प्रस्तुत गरी सबैलाई बराबरी स्थान दिने पत्रकारको रुपमा परिचय स्थापित गरिसकेकाले पनि आफूहरुले धमलालाई पुरस्कारको लागि छनोट गरेको बताए ।
.ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget