गणतन्त्र दिवसमा मोदीमाथि आक्रमण हुन सक्छ- गुप्तर एजेन्सी

१० माघ, एजेन्सी ।

भारतीय गुप्तचर एजेन्सीहरुले खुंखार आतंकवादी संगठन इस्लामिक स्टेटले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गणतन्त्र दिवसका दिन आक्रमणको प्रयास गर्न सक्ने चेतावनी दिएका छन् ।

आइएसले वालवालिकालाई आत्मघाती आक्रमणकारीकोरुपमा प्रयोग गर्न सक्ने समेत गुप्तचर निकायको दावी छ ।




सीमा क्षेत्रबाट १२ देखि १५ वर्ष सम्मका वाल-वालिका आत्मघाती आक्रमणकारीकोरुपमा भारत छिरेको हुन सक्ने वा छिर्न सक्ने भन्दै सुरक्षा सतर्कता समेत अपनाइएको छ ।

गत वर्ष गणतन्त्र दिवसको दिनमा मोदीले आफ्नो कारबाट ओर्लिएर लाल किल्ला क्षेत्रमा जम्मा भएका बालबालिकासँग भेटेका थिए । अहिले भने यस्ता कुनै पनि गतिविधी नगर्न मोदीलाई सचेत गराइसकिएको छ ।

नरेन्द्र मोदी र उनका रक्षामन्त्रीलाई मार्ने धम्की

‘मोदी लाहौरमा गौली लागेर मारिन सक्थे’

उनीमाथि सुरक्षा प्रोटोकल उल्लङ्घन गर्ने गरेको आरोप लाग्दै आएको छ । केही दिन अघि मात्र आइएसले भारतीय प्रधानमन्त्री र रक्षामन्त्रीलाई ज्यान मार्ने धम्की दिएको थियो ।nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget