चिसोका कारण पूर्वी एसियाको जनजीवन प्रभावित, ताइवानमा ५० जनाको मृत्यु,दक्षिण कोरियामा ६० हजार पर्यटक अलपत्र

चिसोका कारण पूर्वी एसियाको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसोका कारण ताइवानमा ५० जना भन्दा धेरैको ज्यान गएको छ ।


चिसोका कारण दक्षिण कोरियामा ६० हजार मानिस विभिन्न ठाउँमा फसेका छन् । यसरी अलपत्र पर्नेमा अधिकांश पर्यटक छन् । गएको एक सातादेखि तापक्रम निकै कम भएकाले हाइपोथर्मिया तथा मुटु सम्बन्धी रोगका कारण धेरैको ज्यान गएको ताइवाना सञ्चारमाध्यमले जनाएका छन् । ज्यान जानेमा धेरै वृद्धवृद्धा छन् ।
चिसोका कारण पूर्व एसियाका विभिन्न देशमा हिम पात पनि भएको छ । हङकङ, चीनको दक्षिणी क्षेत्र तथा जापानमा पनि चिसोले जनजीवन प्रभावित भएको छ ।
news24nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget