
दिल्लीबाट काठमाडौंका लागि उड्न लागेको जेट एयरवेजको विमान बम राखिएको आशंकामा ग्राउण्डेड गरिएको छ। सोमबार दिउँसो करिव १:१५ काठमाडौं उड्नुपर्ने जेट एयरवेजको विमानमा १०४ जना यात्रु थिए। विमान उड्नुअघि अज्ञात व्यक्तिले विमान कम्पनीमा फोन गरेर ‘हृयापी रिपब्लिक डे, सिट नम्बर १८ मा गिफ्ट बक्स छाडेको छु’ भनेका थिए।
लगतै उडान रद्ध गरिएको विमान कम्पनीले जनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
setopati
Post a Comment