'नयाँ शक्ति प्रवेश गरेका कलाकार दाँत माझ्ने ब्रस नबनून्'

करिश्मा, सराेज र अशाेकलाई दीपक राज गिरीकाे यस्ताे सुझाव
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अाइतबार राजधानीमा ३५ सदस्यीय नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद घोषणा कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, अभिनेता सराेज खनाल र अभिनेता तथा निर्माता अशाेक शर्मा देखिए । उनीहरुले अा-अाफ्नै शैलीमा बाबुराम भट्टराईकाे विचार मन परेर नयाँ शक्तिमा लागेकाे प्रतिक्रिया दिए र मन परेकाे खण्डमा नयाँ शक्तिमा अाउन अन्य कलाकारलाई पनि अनुराेध गरे । उता कलाकार दीपकराज गिरीले भने यी तीन फिल्मकर्मीलाई फेसबुकमार्फत यस्ताे प्रतिक्रिया दिएका छन्। गिरीले फेसबुकमा लेखेकाे सुझावकाे सम्पादित अंश :
करिश्मा, सरोज खनाल र अशोक शर्मा ज्यू,
नयॉ बाटोको लागि शसंकित शुभकामना
मानिस स्वतन्त्र छ, विचार अभिव्यक्तिका लागि वा आफूले अंगिकार गर्ने हर क़दमका लागि तपाईंहरू कलाकर्ममा म भन्दा बढि पोख्त हुनुहुन्छ । यस हिसाबले आदरणीय पनि हुनुहुन्छ तर तपाईंहरूको पछिल्लो राजनैतिक क़दम पनि तपाईंहरूको अभिनय जस्तै सटिक होस् । यही कामना गर्दछु ।
तर, बिगत केलाउने हो भने हाम्रो मूलूकमा कलाकारहरूको दल प्रवेश केवल जग हँसाउने खेल मात्र साबित भयो । दलहरूले कलाकारलाई 'युज एण्ड थ्राे' वाला दॉत माझ्ने ब्रसकाे रूपमा मात्र प्रयोग गरे, चुनाव छउन्जेल दॉत मॉझे त्यसपछि हुत्याइ दिए । अब एउटा यस्तो कलाकारको नाम भन्नुस्, जसले दलमा लागेर आफ्नो वा देशको लागि केहि उल्लेख्य परिणाम दिएको होस् । जीवनभर पार्टीका गीत गाएर हिँडेका ती दिग्गजहरू आज अभावैअभाव झेल्दै पछुतोपूर्ण जीवन बाँचिरहेका छन् । उनीहरुलाई न पार्टीले याद गरेकाे छ न मूलूकले नै !
पछिल्लो दिनमा रेखा थापा, भुवन केसीलगायतका नाम खुब चर्चामा रहे तर, ती सबै चर्चा र अपेक्षाहरू निर्वाचनसँगै स्खलित भए । यसमा दुइ कारणहरू छन्, या त हामी कलाकारहरूसँग पर्याप्त राजनीतिक ज्ञानको अभाव छ या त दलहरू हाम्रो लोकप्रियतालाइ केवल टिकट वा केही अवसरहरूसँग विनिमय मात्र गर्न चाहन्छन् । त्यसैले हाम्रो यो दल प्रवेश बर्षाैंदेखि 'भुत्ते' साबित हूँदै गएको तीतो यथार्थ हामीसँग ज्यूँदै छ ।
हाम्रो हैसियत केवल राजा-महाराजाका अागमनमा प्रस्तुत गरिने गानाबजाना गर्दा भीड बटुल्ने नर्तक नर्तकिकोजस्ताे मात्र नहोस् । तपाईंहरूको दल प्रवेश आफ्ना र मूलूकका लागि फलदायी होस्, आफ्नो व्यक्तिगत मेहनतले बनाउनु भएको आफ्नो प्रतिष्ठालाई एउटा दल र बिचारमा समाहित तुल्याउनु भएको छ यो तपाइहरूको निर्णय सहि साबित हूदै एक दिन हामी सम्पूर्ण कलाकारले गौरव गर्न लायक होस् ।
सम्झँदै शसंकित हूँदै यो शुभकामना ब्यक्त गर्दछू !!!

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget