वीरगन्ज रक्सौल नाकामा फेरि मधेसी दलको अवरोध

फोटो :केही घन्टा खुलेको वीरगन्ज रक्सौल नाकामा अवरोध गर्दै मोर्चाका कार्यकर्ता । तस्बिर : क्रान्ति शाह
वीरगन्ज : साढे पाँच महिना पछि शुक्रबार बिहान केही घन्टा खुलेको वीरगन्ज–रक्सौल नाका मधेसी दलका नेता कार्यकर्ताले फेरि ठप्प पारेका छन् ।

शुक्रबार बिहान साढे सात बजेदेखि अघोषितरुपमा खुलेको वीरगन्ज रक्सौल नाका मधेसी दलका कार्यकर्ताहरुले बिहान १० बजे देखि फेरि ठप्प पारेका हुन् ।


संघीय समावेशी मधेसी युवा गठबन्धनका साथै मधेसी दलका नेता कार्याताहरुले मितेरी पुलमा बिहान १० बजेदेखि टायर बालेर प्रदर्शन गर्दै नाका फेरि अवरुद्ध गरेका हुन् ।

मधेसी दलले साढे पाँच महिना देखि नाकाबन्दी गरेको वीरगन्ज रक्सौल नाका शुक्रबार बिहान करिब अढाइ घण्टा खुलेको थियो । (पाँच महिनापछि वीरगन्ज रक्सौल नाका खुल्यो)

आन्दोलनकारीले धर्ना दिएको दगशजा क्षेत्रमा रहेको मितेरी पुलबाटै शुक्रबार बिहान पाँच वटा मालवाहक ट्रक रक्सौलबाट वीरगन्ज छिरेका छन् ।

भारतबाट मालसामान लिएर आएका नेपाली नम्बर प्लेटका पाँचवटा ट्रक शुक्रबार बिहान आठ बजे तिर आन्दोलनकारीले धर्ना दिएकै मितेरी पुलबाट वीरगन्ज प्रवेश गरेका हुन् ।

ना १ ख ९७३६ ,ना १ ख ६७२५, ना १ ख २८९४,ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरको मालवाहक ट्रक बिहान रक्सौलबाट वीरगन्ज छिरेका हुन् ।

यस्तै वीरगन्ज तर्फबाट पनि सात वटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रक्सौल गएका छन् ।नाकाबन्दीका कारण वीरगन्जमा लामो समयदेखि अलपत्र एन एल ०१ डी ६८०८, एन एल ०१ डी ६८११ र एन एल ०१ डी ६८३८ नम्बरका भारतीय खाली ट्रकहरु रक्सौल गएका हुन् ।

बिहान साढे सात बजेदेखि १० बजेसम्म जीप, कार लगायतका चार पाङग्रे साना सवारीसधानका साथै टयामे , रिक्सा र टाँगाहरु पनि धर्नास्थलबाटै निर्वाधरुपमा वीरगन्ज रक्सौल ओहोर दोहोर गरेका थिए ।

मितेरी पुलको धर्नास्थलमा बिहान आठ बजेतिर दुईजना मात्र आन्दोलनकारी बसेका बेला मालवाहक ट्रकहरु रक्सौलबाट वीरगन्ज र वीरगन्जबाट रक्सौल छिरेका थिए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget