आहा–रारा कपमा मनाङ अन्तिम चारमा

आहा–रारा गोल्डकपमा आइतबार गोर्खा ब्रिगेडविरुद्ध बल बढाउँदै मनाङका अनिल गुरुङ (बीच) । तस्बिर साैजन्य : सुदर्शन रञ्जित
माघ ११, २०७२- आहा–रारा कपमा लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीले आइतबार गोर्खा ब्रिगेड क्लबलाई २–० ले हराएर अन्तिम चार स्थान सुरक्षित गरेको छ ।

निर्धारित समय गोलरहित बराबरी भएपछि थपिएको २० मिनेटमा मनाङका अमित तामाङ र ओलावाले ओलाडिपोले गोल गरेका हुन् । ओलावालेलाई लडाएपछि ९७ औं मिनेटमा गोर्खा ब्रिगेडका प्रशान्त गुरुङले रेडकार्ड पाए । त्यसमा पाएको फ्रिकिक अवसरलाई अमितले सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । पहिलो गोल गरेको तीन मिनेटपछि आशिष लामाको पासमा ओलावालेले अग्रता दोब्बर पारे ।

अञ्जन विष्ट, विराज महर्जन, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, विमल घर्तीमगर र अनन्त तामाङलाई मैदानमा उतार्ने योजनामा एन्फाले घात गरेको मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आरोप लगाए । उनले भने, ‘राखेपले हुन्छ भने पनि एन्फाले अन्तिम समयमा हुँदैन भन्यो । अब एन्फाले आयोजना गर्ने प्रतियोगितामा मनाङ–मस्र्याङ्दी सहभागी हुने, नहुने भन्नेमा छलफल गरेर निर्णय गरिनेछ,’ उनले भने, ‘क्लबले वर्षभरि लगानी गरेका खेलाडीलाई राष्ट्रिय टिममा नजाओ भन्न मिल्दैन, त्यो अवसर हो । तर, क्लब सहभागी खेलमा पनि ती खेलाडीलाई जान दिनुपर्छ ।’

उता दोस्रोपटक सहभागी भएको गोर्खा ब्रिगेडले आइतबारको खेल पूर्ण प्रतिस्पर्धात्मक भएको जनाएको छ । ‘खेलमा हार–जित हुन्छ,’ प्रशिक्षक केपी राईले भने, ‘कडा प्रतिस्पर्धा भयो । हाम्रा खेलाडीले राम्रो खेले ।’

ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget