विरामी परेर हाल सिरहाको लहानमा उपचार गराइरहेका महतोले विहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै रंगेलीको हिंसात्मक घटनालाई राज्य आतंक भनेका छन् ।
उनले रंगेलीको हिंसात्मक घटनामा सरकारले माफी माग्नुपर्ने बताए । ‘राज्य पक्ष अहिले पनि सम्बेदनशील र गम्भीर बनेर बिराटनगर घटनामा दुःख व्यक्त गरोस । हामीलाई वार्तामा अल्झाएर हाम्रा नेता कार्यकर्तामाथि गोली बर्साउने कार्य अब सह्य हुदैन,’ उनले घोषणा गरे ।
स्वास्थ्य अवस्था अनुकुल नहुँदा आफू तत्काल रंगेली जान नसकेको दुःख व्यक्त गर्दै उनले स्वास्थ्यले साथ दिए शुक्रबार बिहानै घटनास्थल पुगेर अवलोकन गर्ने बताए ।
यसअघि महतो विराटनगर नाकामा धर्ना बस्दा प्रहरीको कुटाईबाट घाइते भएका थिए । त्यो बेला पनि उनले सरकारले माफी माग्नुपर्ने घोषणा गरेका थिए ।
dainiknepal
Post a Comment