भारतसँग तेल ल्याउने अधिकार गोपालबहादुर खड्काले किन दिए पूर्वराजाका ज्वाईलाई ?

काठमाडौं, ११ माघ । मधेसी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीले नेपाली जनता इन्धनको चरम संकटबाट गुज्रिरहेका बेला नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईलाई इन्डियन आयल कर्पोरेशन(आइओवसी)सँग तेल किनेर बेच्ने अधिकार दिएको खुलासा भएको छ ।
तेल र ग्यासमा अनियमितता गरेको भन्दै छानविनको दायरमा पारेका कार्यकारी निर्देशक खड्काले आइओसीलाई ‘नो अब्जेक्सन लेटर’ पठाएको रहस्य खुलेको हो । खड्काको यो कार्यसँग उनी तेल र ग्यासमा चरम अनियमिततामा लागेको खुलेको निगम स्रोतले जनाएको छ ।
ऐन नियम विपरित कार्यकारी निर्देशक खड्काको यस्तो कार्य गरेपछि उनीविरुद्ध निगमका कर्मचारीहरु उत्रिएका छन् । कर्मचारीहरुले खड्काको विरोध गरेका छन् ।
कार्यकारी दिर्नेशक खड्काले पूर्व राजाको ज्वाई राजबहादुर सिंह मालिक रहेको मालिकालाई तेल बिक्री गर्न मिल्ने भनेर एक साताअघि पठाएको पत्रबारे बल्ल मात्र निगमका कर्मचारीले जानकारी पाएका छन् । आइओसीसँगको सहमतिअनुसार नेपाल आयल निगमले अनुमति पत्र दिएपछि मात्रै निजी कम्पनीले तेल खरिद गर्न पाउँछ ।
कार्यकारी निर्देशक खड्काले निगमको लेटरप्याड दुरुपयोग गरेकोमा पनि कर्मचारीहरु आक्रोशित बनेका छन् ।
राजबहादुर सिंहको यो मालिका कम्पनीमा एनआरएनहरुको पनि लगानी रहेको खुलेको छ । आइओसीसँग तेल खरिदका लागि खड्काले नो अब्जेक्सन लेटेर दिँदा करोडौँको चलखेल गरेको आरोप आयल निगमका कर्मचारीहरुले लगाएका छन् ।
निगमलाई नै दीर्घकालीन असर पुग्ने गरी कार्यकारी निर्देशक खड्काले गरेको यस्तो गैरकानुनी हरकतविरुद्ध कर्मचारीहरु संगठिन भइ आन्दोलनको तयारीसमेत गरेका छन् ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget