आउँछु, आँउछु भनेर कता हराए आर्यन?

सोमबार एक फिल्मी कार्यक्रममा निर्देशकले आक्रोश पोखे, 'जुन कलाकारको लागि ७० लाख खर्च गरिएको हुन्छ उसैले धोका दिने?'। 'आवेग' फिल्मका निर्देशक वसन्त निरौलाको यो आक्रोश अभिनेता आर्यन सिग्देलप्रति थियो। सोमबार फिल्मको 'ट्रेलर' सार्वजनिक गर्ने कार्यक्रम थियो तर फिल्मका मुख्य कलाकार आर्यन सिग्देल कार्यक्रममा देखिएनन्।
उनले फिल्मको सो कार्यक्रममा 'आउँछु' भनेर नआएको आरोप निरौलाको थियो। आर्यन कार्यक्रममा आउँछु भन्ने वाचा गरेर गुल्मीतीर लागेर नआएपछि निरौलाको पारो चढेको रहेछ। नचढोस पनि किन कार्यक्रममा फिल्मको कलाकारको नाममा फिल्ममा नायिका रहेकी उनकी पत्नी पवित्रा आचार्य र अभिनेता रमेश बुढाथोकीमात्र उपस्थित थिए।
श्रोतले दिएको जानकारी अनुसार आर्यन निर्देशकले भनेको नमानेपछि असन्तुष्ट रहेको बताइन्छ। फिल्म चैत १२ गते रिलिज हुँदैछ जून मितिमा आर्यन फिल्म रिलिज नहोस भन्ने चाहन्थे। यसै महिना आर्यनको 'क्लासिक' रिलिज हुने र उनी अभिनित 'होमवर्क' पनि आगामी वर्षको वैशाख १० सुरुवातमा रिलिज हुँदैछ। आर्यन यसरी लगातार फिल्म रिलिजले एकअर्को फिल्मलाई असर गर्ने भएकाले 'आवेग' रिलिज नहोस भन्थे चाहन्थे तर त्यसो हुन सकेन। त्यसैको असन्तुष्टि आर्यनले कार्यक्रममा नगएर पोखेको बताइन्छ।
सेतोपाटी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget