बिद्रोहीसंग मिलेर अफगानिस्तानमा एक प्रहरीद्वारा १० सहकर्मीको हत्या
अफगानिस्तानमा एक प्रहरीले आफ्ना १० सहकर्मीको गोली हानी हत्या गरेका छन् । बिद्रोहीसँग मिलेको आरोप लागेका प्रहरी जवानले गोली हानी आफ्नै सहकर्मीको हत्या गरेको अफगानिस्तानका सरकारी अधिकारीले जनाएका छन् ।
ती प्रहरी जवानले पहिले लागु औषध सेवन गरेको र त्यसपछि सहकर्मीमाथि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । हत्या गरिएका प्रहरी जवानका हतियार लिएर गोली हान्ने प्रहरी भागेको र उनको खोजी भइरहेको अफगान प्रहरीले जनाएको छ ।
ती प्रहरी जवान तालिबान बिद्रोहीको गुप्तचर भएको हुन सक्ने आशंका गरिएको छ । अफगान प्रहरीमा आन्तरिक रुपमा हुने यस किसिमका आक्रमण निकै खतरनाक रुपमा छ । अहिलेसम्म एक सय भन्दा धेरै अफगान तथा अन्तराष्ट्रिय सुरक्षकर्मीको यस किसिमको आक्रमणमा ज्यान गएको छ ।
News24Nepal
Post a Comment