राउतले उक्त घटनामा मधेसीहरुलाई कुटिएको र घरसमेत जलाइएको देखेको बताए । ‘यसमा म पनि मेरो एकजना नजिकको साथीहरुबाटै पीडित बनेँ,’ उनले भने, ‘सो घटनाले मलाई मेरो पहिचान र राष्ट्रियता खोज्न बाध्य बनायो । म आफूलाई नेपालको लागि मर्न तयार रहेको ठान्थें जबकी म नेपाली नै रहेनछु ।’
यस काण्डपछि आफू भारतमा आध्यात्मिक भ्रमणका लागि गएको र त्यहीँबाट आफ्नो पहिचानबाट भाग्न नहुने कुराको बोध भएको राउतले अन्तर्वार्तामा बताएका छन् । ‘यो मेरो जीवनको निर्णायक मोड थियो जसपछि म स्वतन्त्रताको वकालत गर्ने भएँ ।’
राउतले मधेसी जनताको दुःख र पीडाका कारणनै क्यामब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेर अमेरिकामा हजारौं डलर कमाउन सक्ने हुँदाहुँदै पनि नेपाल फर्किएको बताए । ‘जब मानिस भौतिक इच्छाहरुबाट माथि उठ्छ ऊ व्यक्तिगत र पारिवारिक आवश्यताभन्दा माथि हेर्न थाल्छ,’ राउतले भनेका छन् ।
राउतले अधिकांश मधेसी जनता अब स्वतन्त्र मधेसको पक्षमा रहेको दाबी गर्दै यसका लागि जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् । ‘यदी जनमत संग्रहमा जनताले स्वतन्त्र मधेसको अवधारणालाई अस्वीकार गर्छन् भने त्यसलाई पनि म स्वीकार गर्छु,’ उनले अन्तर्वार्तामा भनेका छन् ।
२५ वर्षको अन्तरालमा ३० वटा देश स्वतन्त्र बनेको इतिहास सुनाउँदै राउतले नेपालबाट मधेस स्वतन्त्र हुनु असम्भव नरहेको बताएका छन् ।
ratopati
Post a Comment