मित्रराष्ट्र बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्ड कप उपाधी विजेता नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरु तथा अफिसियलहरुलाई नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालयमा बुधबार सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राष्ट्रिय टीमका २३ जना खेलाडीहरु र ४ जना अफिसियलहरु रहेका छन् । सम्मान समारोहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खेलाडी तथा अफिसियलहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मानपत्र प्रदान गर्नुभयो ।
नेपाल प्रहरीले खेलकुदको लागि २००८ सालदेखि नै योगदान दिँदै आएको स्मरण गर्दै उहाँले आगामी दिनमा समेत फुटबल लगायतका खेलकुदको क्षेत्रमा निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाली खेलाडीलाई व्यावसायिक रुपमा खेल्नको लागि प्रोत्साहन गर्न सम्मान मात्र होइन खेलाडीहरुको समृद्धितर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक अर्यालले खेलकुदको बिकास र समृद्धिका नेपाल प्रहरीको तर्फबाट सक्दो सहयोग गरिने बताउनुभयो । राष्ट्रिय खेलाडीहरुलाई नेपाल प्रहरी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र राष्ट्रिय टीमको खेलमा एम्बुलेन्स र चिकित्सक उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । समारोहमा नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले नेपाल प्रहरीले राष्ट्रको खेलकुदमा महत्वपूर्ण यो्गदान पु¥याएको उल्लेख गर्नुभयो । सो अवसरमा नेपाली राष्ट्रिय फुटबल टीमका क्याप्टेन बिराज महर्जनले खेलको अनुभव व्यक्त गर्दै नेपाल प्रहरीले गरेको सम्मानप्रति आभार व्यक्त गर्नुभयो । छोटो अवधिमा टीम व्यवस्थित बनाउँदै आगामी दिनमा समेत नेपाल र नेपालीलाई खुशी दिलाउने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु एवं संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
News24Nepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.