युवा संघले भन्यो- मोरङको रंगेली घटनाको दोषी राजेन्द्र महतो हुन्

विराटनगर, ७ माघ । युवा संघ नेपालले मोरङको रंगेलीमा भएको हिंसात्मक घटनाको भर्त्सना गरेको छ ।
विहीबार साँझ युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले विरानगरमा कार्यकर्ता भेला आयोजना गरी तीन जनाको ज्यान जानेगरी भएको घटनाको भर्त्सना र विरोध गरेका हुन् ।
उनले आजको घटना सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको निर्देशनमा भएको आरोप लगाए । उनले भने- ‘यो पहाडी र मधेसी जनता लडाउने प्रयास हो, कार्यक्रम गर्न पाउने हाम्रो नैसर्गिक अधिकार खोस्ने बहानामा यो घटना भएको छ । यसको जिम्मेवार मधेसी मोर्चा हो, राजेन्द्र महतो हो ।’

मधेसकेन्द्रीत दलका मान्छेले हतकण्डा र मार्ने प्रयास स्वरुप आक्रमण गरेको भन्दै घटनाको दोषी राजेन्द्र महतो नै भएको बताए । उनले भने- हामीले सदभावका लागि मधेसवादी दलका नेतालाई पनि आमसभामा बोलाएका थियौं, तर उल्टै आक्रमण गरे ।
युवा संघ नेपाल केन्द्रीय विभाग सदस्य सञ्जीव रोकाका अनुसार आन्दोलनरत मधेसी मोर्चाको विरोधका बाबजुद संघले मधेस सम्वाद तथा जागरण अभियान अन्तर्गत रंगेलीमा भव्य रुपमा आमसभा सम्पन्न गरेको छ ।
आमसभा सकिनैलाग्दा भएको झडपमा परी कैयौ घाइते भएका छन् । प्रहरीका अनुसार मोर्चाले युवा संघको कार्यक्रम विथोल्न खोज्दा झडप भएको थियो । आमसभामा १० हजारको उपस्थिती रहेको रोकाले जानकारी दिए ।

उनका अनुसार मोर्चाका कार्यकर्ताले युवा संघका नेता सन्तोष शाहको घरमा आगजनीको प्रयास गरेका छन् । मोर्चाका कार्यकर्ताको आक्रमणबाट घाइते जिल्ला उपाध्यक्ष मनोज सिंह राईको अवस्था गम्भीर छ । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
विशाल आमसभालाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, नेता शंकर पोखरेल, खेलकुद मन्त्री सत्यनारायण मण्डल, युवा संघका अध्यक्ष राजीव पहारी लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम चलिरहेका बेला मोर्चाका कार्यकर्ताले एमाले नगर अध्यक्ष दिनेश ठाकुर र विशन ठाकुरको अपहरण प्रयास गरेका थिए । उनीहरुलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
dainiknepal-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget