मेसीको पासपोर्ट दुरुपयोग गर्ने पुलिसलाई सजाय

मेसीको पासपोर्ट दुरुपयोग गर्ने पुलिसलाई सजाय
दुबई- बार्सिलोनाका स्टार लियोनल मेसीको पासपोर्ट सामाजिक सञ्जालमा राखेका दुबईका पुलिसलाई कम्तीमा ६ महिना जेलसजाय हुनसक्ने बताइएको छ। गत महिना ग्लोब सकर अवार्डको सातौं संस्करणमा भाग लिन मेसी दुबई गएको बेला उक्त घटना भएको हो। त्यहाँ मेसीले उत्कृष्ट खेलाडी र उत्कृष्ट टोलीको अवार्ड थापेका थिए।

नेसनल डेलीका अनुसार इमिरेट्स पुलिसले अर्जेन्टिनी फुटबलरसँग फोटो खिच्न चाहेको तर मेसीले लामो उडानका कारण थाकेको जवाफ दिए। 'मैले पासपोर्ट कन्ट्रोल डेस्कबाट मेसीको पासपोर्टसँग भिडियो लिएँ,' पुलिसलाई उद्धृत गर्दै भनिएको छ। उनले उक्त भिडयो स्न्यापच्याट एप्लिकेसनमा राख्दै क्याप्सनमा 'यो मेसीको पासपोर्ट हो र उनी अहिले दुबईमा छन्। म के गर्न सक्छु। म यो पासपोर्ट जलाऊ कि फिर्ता दिउँ! ठिक छ, तिमी जान सक्छौं!'

अदालतमा भएको सुनुवाइमा 'गल्ती महसुस गरेको छु र मेसीको पासपोर्ट विवरण सामाजिक सञ्जालमा राख्नु गल्ती थियो' भनी पुलिसले गल्ती महसुस गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीलाई कम्तीमा ६ महिना जेल र १ लाख ३६ हजार अमेरिकी डलर जरिवाना हुनसक्ने जनाइएको छ। सरकारी वकिलले ती पुलिसले सञ्चारमाध्यमको गलत प्रयोग गरी मेसीको गोपनियतामा दखल पुर्यालएको जनाएका छन्। अर्को साता निर्णय आउने अनुमान गरिएको छ।
/nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget