चीनलाई नेपालको बहुमुल्य उपहार !

काठमाडौं, १२ माघ । नेपालले उत्तरी छिमेकी चीनलाई बहुमुल्य उपहार दिने भएको छ ।
चिनियाँ सरकारको आग्रहअनुसार नेपालले एक जोडी गैंडा उपहार दिन लागेको हो । पुस अन्तिम सातातिर वनमन्त्री अग्नि सापकोटा चीन भ्रमणमा जाँदा चिनियाँ वनमन्त्री झाङ जियान लोङले नेपालसँग एकसिंगे गैंडा उपहार मागेका थिए ।
चीनले मागेपछि उपहारस्वरुप नेपालले एक जोडी गैँडा चीनलाई दिन लागेको हो । यसबारेको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निर्देशन दिएको वनमन्त्री सापकोटाले बताए । उनले भने– ‘चीनलाई एकजोडी गैंडा दिन उहाँ (प्रधानमन्त्री)ले सहमति जनाउनुभयो । प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्बाट निर्णय गराएर गैंडा दिइनेछ ।’
तथ्यांकअनुसार नेपालमा कुल ६ सय ४५ गैंडा छन् । चीनलाई चितवन राष्ट्रिय निकुञ्जबाटै जोडी गैंडा दिइनेछ ।
मन्त्री सापकोटाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेको समयमा गैंडा उपहार दिने गरी तयारी भइरहेको छ । चिनियाँ राष्ट्रिपतिले छिट्टै नेपाल भ्रमण गर्ने उनले बताए । ‘सहयोग पनि पाइने र दुई देशबीचको सम्बन्ध पनि प्रगाढ बन्ने भएकाले हामीले गैंडा दिन सहमति जनाएका हौं,’ उनले भने ।
गैंडा उपहार दिए चीनले भक्तपुरमा प्रस्तावित प्राणी उद्यान, विधि विज्ञान प्रयोगशाला बनाउन र वन क्षेत्रको विकासका निम्ति आर्थिक र प्राविधिक सहयोग गर्ने वचन चिनियाँ अधिकारीले दिएको मन्त्री सापकोटाको भनाई छ ।
राष्ट्रिय निकुञ्ज विभागका अनुसार यसअघि नेपालले जर्मनी, जुओलोजिकल सोसाइटी अफ लन्डन, भारत, अष्ट्रिया, अमेरिकालगायत मित्र राष्ट्रलाई गैंडा दिइसकेको छ ।
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget