म्याग्दी जिल्लामा युवती तस्करहरु सक्रिय बन्दै


जिल्लाको चिमखोला–३ घर भएकी २४ बर्षिया छविना तिलिजा रोकालाई भारत प्रवेश गर्न खोज्दा इलाका प्रहरी कार्यालय कन्चनपुरले उद्धार ग¥यो । जिल्लाकै पिप्ले–४ का लालबहादुर चन्दको सहयोगमा कन्चनपुर पुगेकी रोका भारत हुदै तेस्रो मुलुक जाने योजनामा थिईन् । एजेण्ड चन्दको सहयोगमा कसरी कन्चनपुर पुगिन् भन्ने विषयमा म्याग्दी प्रहरीले अनुसन्धान शुरु गरेपछि म्याग्दी जिल्ला पनि मानव तस्करहरुको रोजाइको जिल्ला बनेको रहस्य खुलेको छ ।


भारतका विभिन्न होटल तथा त्यहाँबाट खाडी र रोजगारका लागि आकर्षक गन्तब्य मानिएका विभिन्न देशमा आकर्षक तलब सुविधा सहितको रोजगारी दिलाइदिने प्रलोभनमा म्याग्दीका विभिन्न ग्रामिण क्षेत्रबाट युवतीहरू धमाधम जान थालेपछि म्याग्दी जिल्ला समेत मानव तस्करको रोजाईमा परेको रहस्य खुलेको हो । खुल्ला सिमा क्षेत्रबाट तेस्रो मुलुक जााँदा सहज र सस्तो हुने भन्दै यूवती र महिलाहरूलाई दलालहरूले प्रलोभनमा पर्ने गरेको प्रहरीको अनुमान छ । बैदेशिक रोजगार प्रति आर्कषित जिल्लाको रुपमा म्याग्दीलाई चिनिने र बर्षेनी हजारौ यूवा विदेशी रहेकाले पनि दलालहरूले गलत माध्यमको प्रयोग गरी देश बाहिर लैजाने गरेको प्रहरीको भनाइ छ । म्याग्दी जिल्लाबाट पुरुषको तुलनामा महिलाहरु अझ बढी बैदेशीक रोजगारमा जाने गरेका छन् । जिल्लाभित्र सक्रिय दलालहरुसंग सम्पर्क गराउने ठूलै गिरोह समेत हुनसक्ने अनुसन्धानमा जुटेका प्रहरीको अनुमान छ । घरबार बिग्रिएको, आर्थिक अवस्था कमजोर भएका लगायत विभिन्न घरायसी समस्यामा परेका युवती तथा महिला दलालको रोजाईमा पर्ने गरेका छन् । प्रहरीको तथ्याङ्कमा चालु आर्थिक बर्षमा २६ जना महिला बेपत्ता भएका छन् । जसमा बैशाख, जेठ र असार महिलामा मात्रै १० जना हराएका थिए । त्यसैगरी ०७० मा ४१ जना र ०७१ सालमा ३० जना यूवती तथा महिला हराएको सूचना आफन्तले प्रहरीमा दर्ता गराएको प्रहरी निरीक्षक एवम् सूचना अधिकृत धर्मराज मुडभरीले बताए । उनले प्रत्येक बर्ष हराउने महिलाको उजुरी बढिरहेको बताए । आफन्तले प्रहरीमा हराएको सूचना दिने गरेपनि फेला परेपछि जानकारी नगराउँदा समेत समस्या भइरहेको उनले बताए । परिवारको सम्पर्क बाहिर गएका सबैजसो महिला मानवतस्करको फन्दामा नपरेपनि बहुविवाह, बैदेशिक रोजगार, अन्र्तरजातीय विवाह लगाएतका कारण हुनसक्ने प्रहरीको अनुमान छ । यस्तै निवेदनमा श्रीमान बैदेशिक रोजगारमा गएको समय सहर बजारका डेरा लिएर बस्ने गरेका केही महिला श्रीमान फर्किए लगत्तै बेपत्ता हुने गरेको तथ्याङ्क समेत प्रहरीमा छ । परिवारको सम्पर्कबाट बाहिर रहेका यूवती तथा महिलाहरूलाई गलत प्रयोजनमा प्रयोग गर्न सक्ने भन्दै प्रहरीले खोजीकार्य र सिमा क्षेत्रमा फेला परेकाबाट अनुसन्धान गरिरहेको जनाएको छ ।News24Nepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget