आचार्य बालकृष्णले भने– नेपाल हिन्दु राष्ट्र हुनुपर्छ

आचार्य बालकृष्णको जन्म ४ अगस्त १९७२ मा भएको हो । आचार्य योग गुरु बाबा रामदेवको सहयोगी हुन् । आचार्य आयुर्वेद केन्द्र पतंजलि योगपीठकोे अध्यक्ष छन् । आमा सुमित्रा देवी र पिता जय वल्लभका सुपुत्र बालकृष्ण संस्कृत मा आयुर्वेदिक औषधि र जड़ी–बूटिहरुको ज्ञान मा निपुणता प्राप्त गरेर अहिले प्रचार–प्रसारमा लागेका छन् । उनकोे जन्म दिवस पतंजलि योगपीठ ट्रस्टसँग जोडिएका मानिसहरुले ‘जड़ी–बूटी दिवस’ को रुपमा मनाउँदै आएका छन् ।

आचार्य बालकृष्णले पतंजलि योगपीठ आयुर्वेद केन्द्रको माध्यमबाट पारम्परिक आयुर्वेद पद्धतिलाई अगाडी बढाउने काम गरेका छन् । बालकृष्णले आयुर्वेदिक औषधि सम्बंधित धेरै पुस्तक पनि लेख्नुभएको छ । बालकृष्णले बाबा रामदेवसँग मिलेर हरिद्वारमा आचार्यकुलमको स्थापना गरेका छन् । यिनै बालकृष्ण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरू गरिएको स्वच्छ भारत अभियानसँग पनि जुडेर काम गरिरहेका छन् ।

आचार्य बालकृष्णले अनुसन्धान क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन् । उनले अहिलेसम्म ४१ वटा अनुसन्धान माथि किताब लेखिसकेका छन् । उनका सबै अनुसन्धान योग, आयुर्वेद र दवाइहरुसँग संबन्धित छन् । आचार्यले विभिन्न विद्यालय हरुकोें परिसरमा पाइने खाद्य पर्दाथवारे पनि अध्यय गरेका छन् । र, यसको विश्वसनीयता जान्नको लागि विभिन्न प्रयोग शालाहरुमा परीक्षण पनि गरेका छन् ।

आयुर्वेदको प्रचार–प्रसारसँगै– बालकृष्णले योगको प्रति मानिसहरुलाई जागरूक बनाउने काम गरेका छन् । आचार्य बालकृष्ण आयुर्वेदको दिशामा आफ्नो महत्व पूर्ण योगदान दिएका छन् । उनले बताइएका साना ठूला घरेलु नुस्खाहरुले पनि मानिस हरुलाई धेरै फाइदा भएको छ । उनी अहिले पतंजलि विश्वविद्यालको कुलपतिको साथै महासचिव–पतंजलि योगपीठ ट्रस्ट, महासचिव, पतंजलि रिसर्च फाउंडेशन, महासचिव– पतंजलि ग्रामोध्योग ट्रस्ट, अध्यक्ष एवं प्रबंध निदेशक, पतंजलि आयुर्वेद, हरिद्वार, प्रबंध निदेशक, पतंजलि बायो अनुसंधान संस्थान, प्रबंध निदेशक, वैदिक ब्रा‘ड कास्टिंग लिमिटेड र पतंजलि फूड एंड हर्बल पार्ककोे प्रबंध निर्देशक छन् ।

आचार्य बालकृष्णले योग र आयुर्वेदको क्षेत्रमा दिएको योगदानको लागि प्रशंसा पत्र, ढाल, प्रमाण पत्र र अन्य पुरस्काहरुद्धारा सम्मानित भएका छन् । उनलाई २३ अक्टूबर २००४ मा एक योग शिविरकोे अवसरमा राष्ट्रपति भवनमा भारतका पूर्व राष्ट्रपति डा अब्दुल कलाम द्वारा सम्मान दिइएको थियो । अक्टूबर २००७ मा नेपालका प्रधानमंत्री, राष्ट्रपति र कैबिनेट मंत्रिहरुको उपस्थितिमा योग, आयुर्वेद, संस्कृति और हिमालयी जड़ी बूटीमा लुकेको ज्ञानको क्षेत्रमा अनुसंधान र योगदानको लागि सम्मान प्रदान गरिएको थियो । वर्ष २०१२ मा योग र औषधीय विरुवाको क्षेत्रमा शानदार योगदानको लागि श्री वीरंजनया फाउंडेशन द्वारा ‘सुजाना श्री’ पुरस्कार प्रदान पनि गरिएको थियो ।

यिनै बालकृष्ण आचार्य अस्ति आइतबार मुम्बईमा आएका बेला नेपाल दर्पणका सम्पादक दिनमणी आर पाण्डेले कुराकानी गरेका थिए । सोही कुराकानीको अंश

नेपालको वर्तमान स्थितिबारे कत्तिको अवगत हुनुहुन्छ ?
नेपालको वर्तमान अबस्थाबारे अहिले मलाई त के सारा संसारलाई थाह छ । नेपालमा गत चार महिनादेखि ठूलो आन्दोलन चलिरहेको छ । आशा गरौं केहि दिनमा साम्य हुनेछ ।

नेपालमा यस्तो विकट समस्या भएको जान्दाजान्दै पनि यहाँहरुबाट यसको समाधानको लागि कुनै पहल देखिएन ?

हैन, त्यसो हैन । हामी पनि नेपालको समस्याप्रति गम्भिर छौं । नेपालमा अहिले जे भैरहेको छ, त्यो एउटा दुखद परिस्थिती हो । हामीले आफुले सकेसम्म र भ्याएसम्म यसको अन्त्य होस् भनेर सम्बिधित ठाँउमा कुरा गरिरहेका छौं ।

कहाँ कुरा गर्नुभएको छ ?

नेपालले अहिले फेस गरिरहेको परिस्थितिबारे हामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पिएमओ कार्यालय र नेपालका प्रधानमन्त्री ओलीसँग नियमित सम्पर्कमा छौँ, छिटो समस्या को समाधान नकाल्नुपर्यो भनिरहेका छौं ।

केहिदिन अघि बाबा रामदेवले नेपालको समस्याबारे प्रधानमन्त्री मोदीसँग कुरा गर्ने भन्नु भएको थियो । के कुरा भयो त ?
हो, रामदेवले त्यसो भन्नुभएको थियो र उहाँले यसबारे पटकपटक प्रधानमन्त्री मोदीको ध्यानाकर्षण पनि गराइरहनु भएको छ । हाम्रो तर्फबाट सक्दो रुपमा लागि परेका छौं ।

मोर्चाले देशको समस्या भारतमा ल्याएर समाधान गरिदिनु भन्नु कतिको जायज लाग्छ ?

यस्तो हुनु पक्कैपनि सभ्य समाज को लागि राम्रो हैन, नेपालको समस्या नेपालको आन्तरिक हो, त्यसैले नेपालका शीर्ष राजनीतिक दल र मोर्चाका नेताहरु मिलेर यसकोे दीर्घकालिन समाधान खोज्नुपर्छ । अनावश्यक रुपमा जनतालाई दुख दिने काम कहिकतैबाट पनि हुुनुहुँदैन ।

नेपाल फेरि हिन्दूराष्ट्र हुनुपर्छ कि पर्दैन ?

हुनुपर्छ विल्कुल हुनुपर्छ । विश्वभरिका हिन्दूहरुको आस्था स्थल नेपालको पशुपतिनाथ भएकाले र झण्डै ९० प्रतिशत हिन्दूहरु भएको राष्ट्र भएकाले हिन्दूराष्ट्र नै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget