माओवादीका पूर्व लडाकुसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या

बुटवल, माघ १२ । श्रीमानको हत्याको योजनामा पक्राउ परेकी रुपन्देही तिलोत्तमा नगरपालिका–१४ की रेनु चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीसँगै हत्यारा पूर्व माओवादी लडाकू विक्रम चौधरीलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
बारम्बार दुःख दिने गरेको र घरसमेत बेच्न लागेपछि श्रीमान् पदमबहादुर थापाको हत्याको योजना बनाएको रेनु चौधरीले स्वीकार गरेकी छन् । पद्मको हत्याका लागि पदमकै साथी विक्रम चौधरीले साथ दिएका थिए ।
रेनु चौधरीले एक महिनादेखि विक्रम थापालाई ८० हजार रुपैयाँ दिई श्रीमानको हत्या गर्न भनेपछि विक्रमले माघ ४ गते पदमको हत्या गरेका थिए ।
उनीहरु दुवै बिरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले लागु औषधसहित दुई जनालाई पनि सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिनेमा तनहुँ क्याम–९ का २८ बर्षीय विकास मगर र पोखरा उपमहानगरपालिका–९ का ३१ बर्षिय अमित गुरुङ छन् । त्यस्तै बुटवलको व्यस्त बजार मिलनचोकबाट साँझको समयमा मोटरसाइकल चोरी गर्ने दिनेशकुमार गुरुङलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
imagekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget