नेपाली गाडी बिनाइजाजत भारत प्रवेशमा रोक११ माघ, पर्सा।
निर्बाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नंका गाडी आजदेखि भन्सार कार्यालयको अनुमतिबिना भारत प्रवेश गर्न नपाउने भएका छन् ।
नेपाली नंको गाडी वीरगन्ज नाकाबाट भारतमा प्रवेश गर्दा रक्सौल कस्टमको अनुमतिमा मात्र प्रवेश गर्न पाउने भारत सरकारले आजदेखि नियम लागू गरेको हो । भारतले नेपाली नंका मोटरसाइकल लगायत सवारी साधन एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्यरु पमा प्रवेश अनुमति लिनुपर्ने नियम लागू भएकोे रक्सौल कस्टमका एसिस्टेन्ट कमिस्नर कमलेश कुमारले जानकारी दिए । उनका अनुसार रक्सौलसहित नेपाल भारतका २३ व्यापारिक नाकामा आजदेखि सो नियम लागू गरिएको हो ।
विहारको पटना सीमा शुल्क विभागले गत पुस १४ गते जारी गरेको सार्वजनिक सूचना अनुसार आजदेखि रक्सौल नाकामा पनि यो नियम लागू गरिएको रक्सौल कस्टमले जनाएको छ ।
नेपाली नं प्लेटका मोटरसाइकल लगायत सवारीसाधन सीमावर्ती भारतीय सहरमा एक दिनका लागि प्रवेश गर्दा अनिवार्य रुपमा कस्टमबाट प्रवेश अनुमतिपत्र अर्थात् अस्थायी पास लिनुपर्ने व्यवस्था छ ।
सुरक्षाको दृष्टिकोण र सीमा आवागमनलाई व्यवस्थित पार्नका लागि अस्थायी पासको नियम लागू गरिएको रक्सौल कस्टमका सूचना अधिकृत अभिषेक कमलले जानकारी दिए ।
उनले कस्टमबाट अस्थायी पास लिएका नेपाली सवारीसाधन तीन किमीभित्रसम्मको भारतीय भूमिमा मात्र आउजाउ गर्न पाउने अनुमति रहेको बताए ।nepaliheadline
Post a Comment