राष्ट्रिय फुटबल टिम, प्रशिक्षक र राखेपलाई उपराष्ट्रपतिको बधाई

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बंगबन्धु गोल्डकपको उपाधी जितेकोमा नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषदलाई बधाई तथा शुभकामना दिएका छन् । nanda bahadur punउपराष्ट्रपति पासाङले सोमबार राष्ट्रिय टिमका कप्तान विराज महर्जन, प्रमुख प्रशिक्ष्ँक बालगोपाल महर्जन र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टलाई छुट्टा–छुट्टै शुभकामना पत्र पठाएर बधाई तथा शुभकामना दिएका हुन् ।
‘बंगलादेशको ढाकामा आयोजित अन्तर्राष्ट्रियस्तरको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा बहराईनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाली फुटबल टोलीले उपाधी हासिल गर्न सफल भएकोमा अत्यन्त हर्षित र गौरवान्वित भएको छु’, उनले शुभकामना पत्रमा लेखेका छन्, ‘खुशीयालीको यस सुखद अवसरमा राष्ट्रको गरिमा बढाई नेपाल र नेपालीको शीर उचो बनाउन सफल हुनु भएकोमा सम्पूर्ण खेलाडी टोली, प्रशिक्षक तथा सम्बद्ध खेल पदाधिकारीहरुलाई हार्दिक धन्यवाद दिंदै हृदयदेखि नै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
उनले फुटबलमा नेपालल २३ वर्षपछि प्राप्त गरेको सफलतालाई अभूतपूर्व सफलता भन्दै प्रशंसनीय काम भएको उल्लेख गरेका छन् । उनले बंगबन्धुकपमा पाएको सफलताबाट भविष्यमा हुने अन्य खेलकुद प्रतिस्पर्धामा समेत नेपाली खेलाडीहरुको मनोबल सुदृढ गर्न सहयोग पुग्ने विश्वास लिएका छन् ।
उपराष्ट्रपतिले विनाशकारी भूकम्पले दिएको पीडा र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिमा असहजताका कारण द्ुःख भोगिरहेका नेपाली जनतालाई फुटबलमा प्राप्त सफलताले राहत महसुस गराएको उल्लेख गरेका छन् । ‘केहि महिना अघि गएको विनाशकारी भूकम्पको पीडा र हाल अत्यावश्यकीय वस्तुहरुको आपूर्तिमा असहजताका कारणले आम नेपाली जनताको दैनिक जीवन आहात बनेको परिवेशमा यस मीठो सफलताले पक्कै पनि केही राहत दिएको ठानेको छु’, शुभकामना पत्रमा भनिएको छ ।
उनले निकट भविष्यमा हुन गईरहेको १२ औ“ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा समेत नेपालले पूर्ण सफलता मिलोस् भन्ने कामना गरेका छन् ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget