ताइवानमा चिसो मौसम सुरु भएसँगै भएको हिमपातका कारण हालसम्म ८५ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा छन् । उनीहरु ताइपेइ र ताउयानका बासिन्दा रहेका बताइएको छ ।
यस्तै, जापानमा पनि पाँचजनाको मृत्यु भएको छ । हिउँमा चिप्लेर घाइते हुनेहरुको संख्या ४ सय नाघेको छ ।
हिमपातकै कारण दक्षिण कोरियाका पाँच सयभन्दा बढी आन्तरिक र बाह्य उडानहरु रद्द गरिएका छन् । जसका कारण सयौं यात्रुहरु अलपत्र परेका छन् ।
यता, हङकङ, जापान र चीनको दक्षिणी भागमा पनि अत्यधिक हिमपातका कारण दैनिकी कस्टकर बनेको छ ।
सार्वजनिक तथा निजी सवारी–साधन सन्चालन नहुँदा त्यहाँको व्यापार–व्यवसाय ठप्प बनेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
imagekhabar
Post a Comment