पशुपतिमा शव जलाउन आजबाट विद्युतीय मेसिन, शुल्क ३ हजार

पशुपति क्षेत्र विकास कोषले आजबाट शव जलाउनका लागि विद्युतीय मेसिनको सञ्चालन गर्ने भएको छ। दिउँसो ३ बजेबाट मेसिन संचालनमा ल्याइने कोषले जनाएको छ।

संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।  मेसिनमा एउटा शव जलाउनका लागि ४५ मिनेटको समयावधि लाग्नेछ।

शव जलाउनको लागि शुल्क ३ हजार रुपैयाँ लिइने छ। दाउराको प्रयोग गर्दाभन्दा यो मेसिनबाट लाग्ने लागत खर्च कम रहेको कोषले जनाएको छ। दाउराको प्रयोग घट्ने तथा वातावरणीय प्रदुषणका हिसावले पनि यो महत्वपूर्ण रहने भन्दै कोषले ११ करोड नेपाल सरकारको अनुदानमा शव गृह निर्माण र मेसिन खरिद गरेको हो।

भारतसहित विभिन्न राष्ट्रहरुमा यसको प्रयोग भएको पाइन्छ। शव जलेपछि आफन्तले यसको अस्तु पनि लिन सक्नेछन्।
setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget