एक दुई दिनमा नाकाबन्दी नखुले ओली भारत नजाने


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमार्फत मधेस आन्दोलन सम्बोधन भइसकेकोले नाकाबन्दी अब खुल्ने बताएका छन्।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक पत्रिकाका सम्पादक तथा बरिष्ठ पत्रकारहरुसँग मंगलबार अन्तरक्रिया गर्दै भने, 'अब नाकाबन्दी खुल्छ। नखोल्नुपर्ने कारण केही छैन। एक दुई दिनमै तपाईहरुले थाहा पाउनुहुनेछ।'


पहिले पनि पटकपटक नाकाबन्दी खुल्छ भने पनि अवरोध हटेन, यसपटक पनि के आधारमा पत्याउने भन्ने प्रश्‍नमा ओलीले भने, मित्रको मित्रता र दलहरुको जिम्मेवारीपनमा विश्‍वास गरेर त्यही आधारमा भनेकी हुँ तर विश्‍वास गरेजस्तो भएन। तर यसपटक त्यस्तो नहुनेमा म विश्‍वस्त छु।'

ओलीले मधेसी मोर्चाले राखेका अधिकांश मागहरु पुरा भइसकेकोले अब आन्दोलन गरिरहन आवश्यक नरहेको बताउँदै भने, 'अब उहाँहरुले नाकामै बसेर आन्दोलन गर्नुहुन्छजस्तो लाग्दैछ। नाका धर्ना अब हुँदैन, नाकाबन्दी खुल्छ।'

ओलीले मधेसी दलहरुसँग सल्लाह गरेर नै संविधान संशोधन गरेको स्पष्ट पार्दै भने, 'संविधान संशोधन भइसकेको छ। अब फेरि मुद्दा जोगाउन वा राजनीति गर्नका लागि मुलुकलाई दु:ख दिनु हुँदैन। केही विषय बाँकी भए छलफल गर्न सकिन्छ।' उनले भने, 'मधेसवादी दलहरुको पनि जिम्मेवारी हो। यसमा उहाँहरु पनि गम्भीर र सकारात्मक हुनुहुन्छ भन्ने मलाई विश्वास छ।'

ओलीले नेपाल भूपरिवेष्ठित मुलुक भए पनि भारतवेष्ठित हुन नसक्ने बताउँदै भने, हामी भूपरिवेष्ठित हौं तर भारतवेष्ठित होइनौं र हुन सक्दैनौं। त्यसैले अब फेरि यस्तो समस्या र सकस आगामी दिनमा भोग्नु नपरोस् भनेर भूपरिवेष्ठित मुलुकको हक र अधिकारको खोजी हुन्छ, त्यसमा पनि हामी लाग्छौं।

ओलीले संविधान संशोधनपछि अब विस्तारै मुलुक सहज अवस्थामा फर्किने विश्वास व्यक्त गरे। उनले भने, अहिलेसम्म देखिएको असहज अवस्था छिटै सहज हुँदै जान्छ।'

ओलीले बाँकी विषय मोर्चासँग वार्ता गरेर निश्कर्षमा पुग्न सकिने बताए। उनले मुलुकको अवस्था सामान्य भएपछि मात्रै आफू भारत जाने उनले बताए। नाकाबन्दी नखुले भारत जानुहुन्न भन्ने प्रश्‍नमा ओलीले भने, एक दुई दिनमा खुल्छ।अवस्था सामान्य नभइकन जाने कुरा आउँदैन।'
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget