यु १९ विश्व कप क्रिकेटमा नेपालले न्युजिल्याण्ड विरुद्ध व्याटिङ थाल्यो

बंगलादेशमा सुरु भएको उन्नाइस वर्षमुनिको आइसिसी विश्व कप क्रिकेट प्रतियोगितमा नेपालले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । न्युजिल्याण्ड टस जितेर फिल्डिङ रोजेपछि नेपाली टोलीले ब्याटिङ थालेको छ ।
यस्तै नेपालले शनिबार आयरल्याण्ड तथा १८ गते भारतसँग खेल्ने छ । प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणमा प्रवेश गर्ने छन् ।


प्रतियोगितामा सहभागी हुन नेपाली टोली माघ ६ गते नै बंगलादेश गएको हो । राजु रिजालको कप्तानीमा चार वैकल्पिकसहित १९ खेलाडी सहितको नेपाली टोली बंगलादेशमा छ । नेपाली टोलीको उपकप्तानमा आरिफ शेख छन । अरु खेलाडीमा सन्दिप सुनार, सुनिल धमला, दिपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ, सुशिल कँडेल र दिपेश श्रेष्ठ, राजवीर सिंह, योगेन्द्र कार्की, सन्दिप लामीछाने, हिमांशु दत्त, शंकर राना र ईशान पाण्डे छन् । कुशल भुर्तेल, ईर्साद अहमद, ललितनारायण राजवंशी र नन्दन यादव भने वैकल्पिक खेलाडीका रुपमा रहेका छन्
news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget