निगमका कार्यकारी निर्देशक सशील भट्टराईले निगमले परल मूल्यभन्दा पनि भारतीय सीमावर्ती बजारको मूल्यलाई आधार मानेर नेपालमा मूल्य निर्धारण गर्ने गरेको बताए ।
एनओसीको तथ्यांकअनुसार उसले रक्सौलमा खरिद गर्ने प्रतिलिटर पेट्रोलको मूल्य ३९ रुपैयाँ ९४ पैसा, डिजेलको ३३ रुपैयाँ ५७ पैसा र मटि्टतेलको ३८ रुपैयाँ ८४ पैसा, हवाई इन्धनको ३७ रुपैइाँ ९३ पैसा र एलपी ग्यासको प्रतिसिलिन्डर एक हजार ६३ रुपैयाँ पर्दछ ।
तर, निगमले उपभोक्ताबाट भने प्रतिलिटर पेट्रोलमा ९९ रुपैयाँ, डिजेल र मटि्टतेलमा ७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ एक सय ६४ रुपैयाँ ८८ पैसा र एलपी ग्यास एक हजार चार सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।
Post a Comment